भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं,चैत १८ – पूर्वयुवराज्ञी हिमानी आफ्ना
पति पारससँग किन यत्तिका समयदेखि अलग छिन् ?
आम जिज्ञासाको विषय बनिरहेको छ यो । एक
साताअघि निर्मल निवासमा बोलाइएकी २३
वर्षीया एक कुमारी माताले हिमानीसँग फेरि यही
कुरा दोहोर्याइन्,‘सरकारहरु साथमा नभएकै राम्रो ।
अर्थात्,ज्योतिषीय सिद्दान्त अनुसार उनीहरुबीच
ग्रह नमिल्नेमात्र होइन,सँगै बस्दा ठूलै अनिष्टटको
खतराका कारण पारस–हिमानी अलग्गिनु सुखद हुने
ठम्याइन्,माता सविता (सरु) आचार्यले ।
धनकुटाकी स्थानीयबासी कुमारी माताले यसअघि
ससुराको पनि ग्रहदशा हेरेकी थिइन् । ज्ञानेन्द्रलाई
छोरोबाट फलिफाप नहुने कुरा उनैले हो पहिला
सुनाएको छ । र,अहिले हिमानीको ग्रहदशा हेर्दा
पनि ससुराको झैं योगफल देखिएको छ । पति
पारसका कारण दिक्दार भएपछि हिमानी आफैंले
स्वकीय सचिव स्मृति शाहलाई फोन गर्न लगाई
कुमारी मातालाई सम्पर्क गरेकी हुन् । भेटका बेला
हिमानलिे परिवारको भन्दा पनि देशको चिन्ता
गरिन् । सोधिन्,‘देश कसले बनाउँछ ?कहिले शान्ति
होला ?’ माताले देशको अवस्था साह्रै रहेको बताइन्
। हिमानीको ग्रहमा राजयोग देखियो । आजको
जनआस्था साप्ताहिकमा खबर छ ।
0 comments:
Post a Comment