Home » , » चर्चित कोरियोग्राफर गीता कपुर पक्राउ.....

चर्चित कोरियोग्राफर गीता कपुर पक्राउ.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

निकै चर्चित कोरियोग्राफर गीता कपुरलाई पुलिसले
पक्राउ गरेको छ । गीताले आफ्नो कारले
एउटा मोटरसाइकललाई ठक्कर दिएको आरोप
लागेको छ । मोटरसाइकलमा सवार
मानिसको अवस्था चिन्ताजनक भएको बताइएको छ ।
खबरका अनुसार
घटना वर्सोवा मेट्रो स्टेशनमा बिहान करिब ५ बजे
भएको बताइएको छ । आफ्नो कारमा भएकी गिताले
अचानक नियन्त्रण गुमाइन् र अगाडिबाट
आएको मोटरसाइकललाई ठक्कर दिएकी छिन् ।
मोटरसाइकलमा सवार निसार नुरमोहम्मद (३७) लाई
भारतको कोकिलाबेन धीरुभाइ
अम्बानी हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।
घटनापछि उनलाई पक्राउ गरि कोर्टमा पेश
गरिएको छ जहाँ उनलाई जमानतमा रिहा गरिएको
टाइम्स अफ इण्डियाले जनाएकाे छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved