भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
दोहा – स्थानीय
राजमार्गमा सवारी दुर्घटनामा परी शनिबार सबेरै
दुई नेपालीको ज्यान गएको छ । आफ्ना सहकर्मीलाई
हमाद विमानस्थलमा छाडेर फर्कने
क्रममा तनहुँका हरिभक्त गैरे र झापाका सन्तोष लिम्बू
दुर्घटनामा परेका हुन् । उनीहरुको गाडीभित्रै जलेर
मृत्यु भएको बताइएको छ । गाडी चालक गणेश
ढुंगाना गम्भीर घाइते छन् । दुवैका शव हमाद
अस्पतालमा राखिएको छ ।
‘गाडी पल्टिएपछि आगलागी भएछ । जलेर दुई
साथीको मृत्यु हुनपुग्यो,’ एउटै कम्पनीमा कार्यरत नरेश
शर्माले भने,‘बिहान ड्युटीमा नभेटिएर सोधखोज
गर्दा मात्रै घटनाबारे जानकारी पाइयो ।’ उनीहरु
कतारको प्रतिष्ठित मिराक कम्पनीमा कार्यरत
थिए । दुवै सुपरभाइजर हुन्,आजको कान्तिपुर
दैनिकमा खबर छ ।
0 comments:
Post a Comment