Home » » श्रीमतीले चुल्होमा जलाइदिइन् ३० लाख रुपैया....

श्रीमतीले चुल्होमा जलाइदिइन् ३० लाख रुपैया....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बेइजिङ, फागुन २५ – कसैले १९ लाख
रुपैयाँ चुल्होमा जलाउँछ भनेर कसैले सोच्नुभएको छ ?
तर, यस्तै सोच्नै नसकिने घटना शाओशान शहरमा बस्ने
एक श्रीमतीले गरेकी छिन् । यहाँकी एक महिलाले
गल्तीपूर्वक चुल्होमा राखिएको २० हजार पाउन्ड
अर्थात करिब ३० लाख रुपैयाँ जलाएकी छिन् ।

यसरी जल्यो नोटः
चीनको शाओशानमा बस्ने वैंग कन्स्ट्रक्सन
कम्पनीमा काम गर्ने गर्दछन् ।
उनको यो प्रोजेक्टमा थुप्रै मजदुरहरु काम गर्ने गर्दछन् र
तिनै मजदुरहरुलाई उनले तलब बाँड्नु थियो । एक दिन
पहिले मात्र वैंगले पैसा ल्याए र चोरको नजर
बचाउनका लागि त्यसलाई चुल्होमा राखे ।
यद्यपी उनले यो बारेमा आफ्नी श्रीमती हाओ
बिनलाई पनि बताएका थिए । तर दोस्रो दिन
हतारमा बिनले चुल्होमा आगो बालेर
चिया बनाउनको लागि पानी उमालिन् ।
पानी उम्लिँदै थियो, उनले
त्यहाँ पैसा भएको झल्यास्स सम्झिइन् । तर
त्यतिबेलासम्म ढिलो भइसकेको थियो किनभने सबै
पैसा लगभग पूरै जलिसकेको थियो ।
पैसा जलेर विक्षिप्त बनेकी हाओ बिन

साथीहरुसँग उधारो लिएका थिए पैसाः
वैंगसँग मजदुरलाई तलब
दिनको लागि त्यति पैसा थिएन त्यसकारण उनले
यो पैसा केहि समयको लागि साथीहरुसँग
उधारो लिएका थिए ।

बैंकले पनि नोट साट्न अस्विकार गर्योः
नोट लगभग पूरै जलिसकेपछि उनले त्यसलाई
साट्नको लागि बैंकमा लिएर गए तर बैंकले ती पैसाहरु
साट्न अस्विकार गर्यो ।
वैंगले भने, ‘यो घटनाले हाम्रो निकै ठूलो नोक्सान
गरेको छ । मेरी श्रीमती यसका कारण निकै
विक्षिप्त बनेकी छिन् । तर मैले उनलाई
यसको लागि माफी दिइसकेकी छु र हामीहरु
बाँच्नेछौँ ।’
थुप्रै चिनियाँहरुले बैंकलाई विश्वास नगर्ने
हुँदा पैसालाई चोरबाट बचाउनका लागि घरमा नै
लुकाउने गर्दछन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved