भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
ग्राकहरुलाई आकर्षित गर्नका लागि टिभी, फ्रिज,
मोटरसाइकल, माइक्रोवेभ ओभनजस्ता अफरहरु दिइनु
सामान्य हो तर इन्डोनेसियामा त ग्राहकहरुलाई
आकर्षित गर्नका लागि घर
किन्दा श्रीमती फ्रि मा दिइएको छ ।
सुन्दा अचम्म लाग्यो होला तर यो वास्तविक हो ।
यस्तै विज्ञापनले इन्डोनेसियामा सोसल
मिडियामा तहल्का मच्चाइरहेको छ । यो विज्ञापन
इन्टरनेटमा कुनै अन्य विज्ञापन जस्तै राखिएको छ
जसअनुसार दुइवटा बेडरुम भएको यो एकतल्ले
घरमा दुईवटा बाथरुम र पार्किङ रहेको छ ।
यसका साथै
माछा पाल्नका लागि पोखरी भएको यो घर
किन्दा यो घरकी ४० वर्षकी मालिक्नीसँग
पनि विवाह गर्न सक्नुहुन्छ । घरको बिक्रिसँगै
दुलही बन्न तयार यी विधुवा महिलाको नाम
बिना लिया एक पार्लरकीसमेत मालिक्नी पनि हुन्
। लियाको यो अफरमाथि इन्डोनेसियाको मात्र
होइन पूरै संसारभरि चर्चा कमाइरहेको छ ।
कोही मानिसहरु ७५ हजार डलरमा यो घरका साथै
श्रीमती निशुल्क अफरप्रति आपत्ति प्रकट
गरिरहेका छन् । कसैका अनुसार लिया निकै स्मार्ट
छिन् र आफ्नो घर
बेचिसकेपछि पनि उनी श्रीमतीको रुपमा यसको
मालिक्नी बनिरहन चाहन्छिन् ।
अर्कोतर्फ इन्डोनेसियाको पुलिसले
पनि यो विज्ञापनमाथि औंला उठाएको छ तर दुई
सन्तानकी आमा लियाका अनुसार
यो आइडिया उनको नभई उनका एक
साथी प्रपर्टी डिलरको हो जसले घर बेच्नुका साथै
आफ्नो लागि श्रीमान पनि खोज्न आग्रह
गरेका थिए ।

0 comments:
Post a Comment