भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वि.सं.२०७१ साल चैत ४ गते। बुधबार। इश्वी सन् २०१५ मार्च १८
मेष - Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धेरै श्रम गर्दा पनि तत्काललाई कम मात्र मूल्य
पाइएला। आज स्थायीभन्दा अस्थायी पेसाबाट
फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्।
भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ।
तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने
योग छ। लगानीको तुलनामा कम देखिए पनि आजको
प्रयत्नबाट दिगो फाइदा भने उठाउन सकिनेछ।
बृष - Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यापारमा प्रशस्त फाइदा हुनेछ। मातापिता र
प्रतिष्ठित व्यक्तित्वको सहयोग जुट्नेछ। भूमि, वाहन र
पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। प्रतिष्ठित
काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम
बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन
सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
सामाजिक कामको दायित्व बढ्नेछ। कर्मसिद्धिको
समय छ।
मिथुन - Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। ठूलो
सहयोगको आशा देखाउनेहरूले धोका देलान्, सचेत
रहनुहोस्। धार्मिक तथा परोपकारजन्य
क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। सामाजिक
उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र
जिम्मेवारी हात पार्ने मौका छ। तर, शारीरिक
अस्वस्थता सम्भावना छ। सहयोगीहरूले साथ दिए
पनि आजको काम अधुरै रहनेछ।
कर्कट - Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अनावश्यक भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत
समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने
समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद
होला। विगतका समस्या बल्झिन सक्छन्।
सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने
देखिन्छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन
हुनेछन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई
फाइदा हुनेछ।
सिंह - Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अलि बाध्यताका काममा जुट्नुपर्ला। केही
विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि,
दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा
सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण
सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ।
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी
साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने
समय छ।
कन्या - Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यावसायिक काममा राम्रै फाइदाको योग छ। तर,
कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा
गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती
सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको
फाइदा लिन सकिनेछ। द्वन्द्व, प्रतिस्पर्धा वा
मुद्दा–मामिलामा विजयी भइनेछ। व्यापार तथा
उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा
पनि राम्रो लाभ मिल्नेछ।
तुला - Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। विशेष
अवसरले पछ्याउने समय छ। पढाइलेखाइमा प्रगति हुनेछ।
तर, केही अप्रिय समाचारले भने खिन्नता बढ्नेछ।
खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर
रहला। व्यापारमा पनि कम मात्र फाइदा होला।
आफूलाई एक्लो महसुस हुनेछ। सन्तान वा अनुयायी र
मातृशक्तिको सल्लाह, सहयोगले तपाईंलाई फाइदा
हुनेछ।
बृश्चिक - Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मान्यजनसँग असमझदारी बढ्न सक्छ। तर, परिवारजनको
सहयोगले फाइदा लिन सकिनेछ। मातृधन र जमिनबाट
सामान्य लाभ मिल्नेछ। आफ्नै कमजोरीले काममा
चुनौती आउने देखिन्छ। महत्वाकांक्षी योजना गोप्य
राखेर अघि बढ्दा फाइदा हुनेछ। मनमा दुविधा बढ्नुका
साथै समयमा निर्णय नलिँदा हातमा आएको
प्रतिफल समेत गुम्ने देखिन्छ, सचेत रहनुहोला।
धनु - Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ।
कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि
फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम
र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष
फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्।
सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै
सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।
मकर - Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
फाइदा कममात्र हुनेछ। पठन–पाठनमा पति समय दिन
नसकिएला। अरूले आलोचना गर्न सक्छन्। तपाईंको
कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला।
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने
सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ
नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा
रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।
कुम्भ - Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला।
स्वादिष्ट भोजनको आनन्द पाइनेछ। प्रतिष्ठित काम
गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट
व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन
रमाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।
रोकिएका काम बन्नुका साथै नयाँ काम पाइने योग
छ। नियमित कामबाट फुर्सद निकालेर पनि अवसर
हातपार्न सकिनेछ ।
मीन - Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काममा केही चुनौती आइलाग्लान्। दण्ड वा
जरिवानामा परिने योग छ, धैर्यले काम लिनुहोला।
केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ। काममा
लगानी बढाउनुपर्ने समय छ। छर–छिमेकमा हुने
असमझदारीले अप्ठ्यारो पर्न सक्छ। तापनि,
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक
क्षेत्रबाट लाभ लिने मौका छ। स्थान परिवर्तन हुनेछ।
टाढाको यात्रा सम्भावना छ।

0 comments:
Post a Comment