भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : दोस्रो शक्तिशाली भूकम्पका कारण
ईपीएस भाषा परीक्षा थप तीन महिना पछि सर्ने
भएको छ। यसअघि वैशाख १२ को विनाशकारी
भूकम्पका कारण एक महिना पछि सार्ने निर्णय
गरिएको थियो।
वैशाख २९ गते पुन: अर्को शक्तिशाली भूकम्प गएपछि
ईपीएस कोरिया शाखाले लामो समयसम्मका लागि
परीक्षा सार्ने तयारी गरेको हो।
ईपीएस कोरिया शाखासम्बद्ध स्रोतका अनुसार
आगामी असोज पहिलो साता परीक्षा सञ्चालन
गर्ने योजना बनाइएको छ। औपचारिक निर्णय गर्न भने
बाँकी छ।
सुरुमा जेठ ३० र ३१ मा सञ्चालन गर्ने तयारी गरिएको
परीक्षा वैशाख १२ को भूकम्पपछि बढीमा एक
महिनासम्ममात्र सार्ने निर्णय गरिएको थियो।
स्रोतका अनुसार नेपालमा दुईवटा शक्तिशाली भूकम्प
गइसकेको तथा त्यसपछि पनि बारम्बार पराकम्पन
जानेक्रम नरोकिएकाले कोरिया सरकारले परीक्षा
सार्न आग्रह गरेको हो।
यही अवस्थामा तत्काल कुनै हालतमा परीक्षा
सञ्चालन गर्न नसकिने भन्दै कोरियाको मानव
संसाधन विभाग (एचआरडी कोरिया) ले लामो
समयका लागि परीक्षा पछि धकेल्न दबाब दिएको
छ।
ठूला भूकम्प गएका तथा पराकम्पन जारी रहेकाले
खतरा हुने भन्दै सुरुमा कोरियाले यसपालि भाषा
परीक्षा नै स्थगित गर्न नेपाल सरकारसँग आग्रह गरेको
थियो।
नेपालले कुनै पनि हालतमा नरोक्ने बरु कोरियाले
चाहेकै मितिमा सञ्चालन गर्ने बताएपछि असोजमा
परीक्षा गर्न कोरियाली पक्ष राजी भएको हो।
एक वर्ष परीक्षा रद्द गर्दा लामो समयदेखि
कोरिया जाने तयारीमा रहेकाहरू निरुत्साहित हुने
भएकाले नेपालले कोरियाकै चाहना अनुसार लामो
समय सारेर भए पनि परीक्षा लिन लागेको हो।
परीक्षा सञ्चालन गर्न एचआरडी कोरियाका
अधिकारी नेपाल आउनुपर्ने भएकाले उनीहरू बढी
भयभीत भएका हुन्।
नेपालमा गएको भूकम्पका कारण कोरियाली पक्ष
निकै त्रसित देखिएको सम्बद्ध अधिकारीले बताए।
रोजगारदाता मुलुकले नै अहिलेको अवस्थामा
परीक्षा सञ्चालन गर्नै नसकिने भनेकाले नेपालले बाध्य
भएर लामो समयका लागि परीक्षाको
कार्यतालिका पछाडि धकेल्न लागेको हो।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली
बास्तोलाले दुईवटा शक्तिशाली भूकम्पका कारण
परीक्षा लामो समयसम्म सार्नुपर्ने बाध्यता परेको
बताए। भूकम्पले त्रिभुवन विश्वविद्यालय,
उच्चमाध्यमिक शिक्षा परिषद्, लोकसेवा
आयोगलगायतका निकायबाट लिइने परीक्षासमेत
अवरुद्ध भएकाले यी संस्थासँग पनि समन्वय गर्नुपर्दा
परीक्षा तालिका मिलाउन थप समस्या परेको उनले
बताए।
दुई ठूला भूकम्प गइसकेको तथा पराकम्पनहरू
जारी रहेकाले खतरा हुने भन्दै सुरुमा कोरियाले
यसपालि भाषा परीक्षा नै स्थगित गर्न
नेपाल सरकारसँग आग्रह गरेको थियो। नेपालले
कुनै पनि हालतमा नरोक्ने बरु कोरियाले चाहेकै
मितिमा सञ्चालन गर्ने बताएपछि असोजमा
परीक्षा गर्न कोरियाली पक्ष राजी भएको
हो।
नेपालले दुई देशबीच सरकारी तबरमा (जी टु जी)
कामदार पठाउन थालेदेखि नै भदौ-असोजमा
परीक्षा सञ्चालन गर्ने गरेको थियो।
'दसैंको मुखमा परीक्षा सञ्चालन गर्दा
राजधानीको ट्राफिक व्यवस्थापन गर्न कठिन
भएपछि यसपटक जेठमै परीक्षा लिन लागिएको
थियो। तर भूकम्पका कारण यो सम्भव हुन नसक्ने भयो',
ईपीएस कोरिया शाखाका एक अधिकारीले भने।
नेपालले सन् २००८ देखि ईपीएस (रोजगार अनुमति
प्रणाली) प्रणाली अनुसार सरकारी तवरबाट आफ्ना
कामदार कोरिया पठाउन थालेको हो।
यही जेठ ३० र ३१ मा भाषा परीक्षा गर्न एक
महिनाअघि नै आवेदन फारम बुझाउने काम सम्पन्न
भइसकेको छ। ५१ हजारभन्दा बढीले आवेदन फारम भरेका
छन्। भूकम्पका कारण फारम भरेका व्यक्तिले परीक्षा
दिन अझै लामो समय कुर्नुपर्ने भएको छ।
कोरिया रोजगारीको आकर्षक गन्तव्य हो। यो
मुलुकमा जाने कामदारले मासिक न्यूनतम एक लाख
सात हजार रुपैयाँ कमाउन सक्छन्। यसबाहेक
ओभरटाइमको सुविधा हुन्छ।
उच्चशिक्षा हासिल गरी नेपालमै पेसा, व्यवसाय
गरेकाहरूले समेत कोरिया जान आवेदन फारम भरेका छन्।
हाल कोरियामा २९ हजार नेपालीले काम गरिरहेका
छन्।
सन् २०१३ र २०१४ मा भाषा परीक्षा पास गरेकाहरूको
जानेक्रम अहिले पनि जारी छ। कोरियाले
उत्पादनमूलक र कृषि क्षेत्रमा नेपाली कामदार लिने
गरेको छ। ईपीएस प्रणालीमा नेपालसहित १५
मुलुकबाट त्यहाँ काम गर्न जाने गरेका छन्।
वैशाख १२ को भूकम्पपछि मात्रै एक हजारजना
कोरिया गइसकेका छन् भने थप एक हजारको लेबर
कन्ट्याक्ट आएको शाखाका प्रमुख बास्तोताले
जानकारी दिए।
भूकम्पका कारण जाने कामदारको तालिम, श्रम
सम्झौता, भिसा प्रक्रिया, उडान तालिकालगायत
ईपीएससँग सम्बन्धित कुनै पनि काम नरोकिको उनले
बताए।

0 comments:
Post a Comment