Home » » सवै माओवादी आजदेखि एकसाथ पुनर्निमाणमा.....

सवै माओवादी आजदेखि एकसाथ पुनर्निमाणमा.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१० जेठ, काठमाडौ । महाभूकम्पले निम्त्याएको
विनासपछि सबै माओवादीहरु आइताबारदेखि एक
साथ पुनर्निर्माणमा जुट्ने भएका छन् ।
भूकम्पपछि आ-आफ्नै ढंगले उद्धारमा राहत तथा श्रम
अभियानमा जुटेका माओवादीहरु आइतबारदेखि
एकसाथ पुनर्निमाणमा लाग्ने भएका हुन् ।
महाविपत्ति र महाबिनासलाई नव निर्माणको
अभियानमा बदल्ने प्रतिबद्धताका साथ श्रम
अभियानमा जुट्न लागेका पाँच माओवादीहरुले
काठमाडौको मरुहिटीबाट काम थाल्ने अभियान
टोलीका सदस्य तथा नेकपा-माओवादीका केन्द्रीय
सदस्य रामदीप आचार्यले जानकारी दिए ।
काठमाडौको काष्ठमाण्डप पछाडिको
मरुहिटीबाट सुरु गरी प्रभावित १५ जिल्लामा
अभियान सञ्चालन गरिने पाँच माओवादीको
कार्यदलले जनाएको छ । आइतवार नेकपा-
माओवादीका अध्यक्ष मोहन वैद्य र एकीकृत
माओवादीका महासचिव कृष्णबहादुर महराले
अभियानको उद्घाटन गर्नेछन् ।
कार्यदलले सवै जिल्लामा जाने टोलीको
कार्यविभाजन समेत गरेको छ । कार्यविभाजन
अनुसार काठमाडौ जिल्लामा वैद्य माओवादीका
कुलप्रसाद केसी, ललितपुरमा एकीकृत माओवादीका
शक्ति बस्नेत, भक्तपुरमा एकीकृत माओवादीका
रामचन्द्र झा, धादिङमा एकीकृत माओवादीका
टोपबहादुर रायमाझी, गोरखामा नेकपा-
माओवादीका इन्द्रमोहन सिग्देलले टोलीको नेतृत्व
गर्नेछन् ।
यस्तै, नुवाकोटमा नेकपा (माओवादी)का संयोजक
मात्रिका यादव, काभ्रेमा क्रान्तिकारी
कम्युनिष्ट पार्टीका महासचिव मणि थापा,
सिन्धुपाल्चोकमा एमाओवादीका वर्षमान पुन तथा
दोलखामा नेकपा-माओवादीकी पम्फा भुसालले
टोली नेतृत्व गर्ने पाँच माओवादीको कार्यदलले
जनाएको छ ।
संयुक्त रुपमा श्रम अभियानमा जुट्ने माओवादीको
संयुक्त टोलीले पीडितहरुका लागि आवास निर्माण
गर्ने, भत्किएका विद्यालय तथा स्वास्थ्य
चौकीहरुको अस्थायी घर निर्माण गर्ने, भत्केका
घरहरुको सामग्री पन्छाउने तथा पीडित जनताको
आवश्यकता अनुसारको श्रम गरिदिने योजना
बनाएका छन् ।
Source:-onlinekhabar

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved