Home » » ११ वर्षमै स्नातक पास, अमेरिकाको राष्ट्रपति बन्ने लक्ष्य.....

११ वर्षमै स्नातक पास, अमेरिकाको राष्ट्रपति बन्ने लक्ष्य.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

केही समयअघि अमेरिकामा एक जना वर्षका वृद्धले
स्नातक उत्तीर्ण गरेको समाचार आयो र सबैलाई
अचम्मित बनायो । अमेरिकामै फेरि अर्को अचम्म
भएको छ । एकजना ११ वर्षका बालकले स्नातक
उत्तीर्ण गरेर सबैलाई छक्क पारिदिएका छन् ।
क्यालिफोर्नियाको साक्रामेन्टोमा बस्ने तनिष्क
अब्राहम नामका बालकले अमेरिकन रिभर कलेजबाट १८
सय विद्यार्थीसँगै मे २० मा स्नातक डिग्री हासिल
गरेका हुन् ।
उक्त कलेजबाट स्तानक डिग्री हासिल गर्ने अब्राहम
अहिलेसम्मकै कान्छो विद्यार्थी रहेको कलेजले
जनाएको छ ।
तनिष्कले गणित, विज्ञान र विदेशी भाषा अध्ययन
गरी ३ विषयमा स्नातक गरेका हुन् ।
उनले १० वर्षको उमेरमै हाइस्कुलको परीक्षा पास
गरेका थिए र ७ वर्षको उमेरदेखि नै अमेरिकन रिभर
कलेजमा अध्ययनरत थिए ।
उनी ४ वर्षको उमेरदेखि नै मेन्सा इन्टरनेसनलको सदस्य
रहेका थिए । मेन्सा इन्टरनेसनल निकै तिक्ष्ण बुद्धि
भएका मानिसहरुको यस्तो अन्तराष्ट्रिय संगठन हो
जसमा निकै उच्च आइक्यू स्तर भएका मानिसहरु सदस्य
हुन्छन् ।
स्मरण रहोस् गत वर्ष अमेरिकी राष्ट्रपति बाराक
ओबामाले उनलाई बधाइ दिएर क्षमताको प्रसंसा गर्दै
पत्र लेखेपछि तनिष्क चर्चामा आएका थिए ।
भविष्यमा डाक्टर, चिकित्सा अनुसन्धानकर्ता तथा
अमेरिकाको राष्ट्रपति बन्ने आफ्नो चाहना रहेको
तनिष्कको भनाइ छ । बीबीसी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved