भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वि.सं.२०७२ साल जेठ २ गते। शनिबार। शकसंवत्
१९३७। कीलक संवत्सर। इश्वी सन् २०१५ मे १६
तारिख। नेपाल संवत् ११३५ वछलागा।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
(Aries)
विगतको सफलताले थप
काम गर्न हौसला
मिल्नेछ। नयाँ कामको
प्रस्ताव आउनेछ।
तपाईंलाई अभिप्रेरित
गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्ये धन आर्जन
होला। विछोडिएका परिवारजनसँग
भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने
समय छ। रमाइलो जमघटका बीच
स्वादिष्ट भोजनको आनन्द पाइएला।
स्वास्थ्यमा भने टाउको दुख्ने वा
आँखाको कमजोरीले सताउन सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
(Taurus)
काममा आलस्य जाग्ने र
खर्चको मात्रा बढ्ने
देखिन्छ। व्यवसायमा
लगानी बढाउनुपर्ने समय
छ। आफ्नै कमजोरीले
विवादमा परिने योग छ, सचेत रहनुहोला।
दण्ड–जरिवानामा परिने वा छर–
छिमेकमा असमझदारी बढ्ने योग छ,
होसियारीपूर्वक काम लिनुहोला।
टाढाको यात्रा व्यवस्थापन गर्न खर्च
हुनेछ। काम वा बसाइमा स्थानान्तरण
पनि सम्भावना छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
(Gemini)
हरेक काममा फाइदाको
दिन छ। आम्दानीका
नयाँ स्रोत फेला
पर्नेछन्। उठ्नुपर्ने रकम
हातलागी हुने समय छ।
पितृधनको सदुपयोगबाट विशेष लाभ हुनेछ।
व्यावसायिक ज्ञान सिक्ने मौका छ।
कृषि तथा पशुपालनमा सामान्य र
व्यापारमा प्रशस्त फाइदा हुनेछ। दाम,
नाम, इनाम हात पार्ने बेला छ। श्रमको
उचित मूल्यांंकन होला। पढाइमा पनि
राम्रै प्रगति हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
(Cancer)
आफ्नो क्षेत्रमा प्रभुत्व
जमाउन सकिनेछ। दाम,
इनाम र प्रतिष्ठा
कमाउने बेला छ।
सामाजिक कामको
दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक
सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ
मिल्नेछ। व्यापारमा पनि प्रशस्तै
फाइदा हुनेछ। विशिष्ट जनसँग मित्रता
बढ्नेछ। कीर्तिमानी काम सम्पादन
गरिनेछ। अरूलाई प्रभावित पारेर काम
बनाउन सकिनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
(Leo)
धर्ममा श्रद्धा र
परोपकारमा मन जानेछ।
स्वास्थ्यमा भने
कमजोरी अनुभव हुनेछ।
सानातिना काममा
महत्वपूर्ण समय बित्नेछ। सहयोगी जुटाउन
नसकिएला। चुनौतीपूर्ण कामको
दायित्व आइपर्ला। धेरै परिश्रमपछि न्यून
सफलता मिल्ने देखिन्छ। आँटेको काम पूरा
नहुन सक्छ। ठूलो सहयोगको आशा
देखाउनेहरूले धोका दिने सम्भावना छ,
सचेत रहनुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
(Virgo)
काममा केही चुनौती
देखिनेछन्। तापनि,
समयको सदुपयोग हुनेछ।
धेरैले सहयोगको तत्परता
देखाउनेछन्। नसोचेको
फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा
फाइदै हुनेछ। गोप्य रहस्य पत्ता लगाउन
सकिनेछ। तर, सानातिना काम र घरेलु
समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा
पनि अलि कमजोरी अनुभूति हुनेछ,
इष्टदेवको पूजा–उपासना गर्दा फाइदा
होला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
(Libra)
विगतका समस्या
दोहोरिन सक्छन्। प्रयत्न
गर्दा व्यावसायिक
काम सम्पादन हुनेछन्। तर
व्यापार–व्यवसायमा
सोचेको लाभ नमिल्न सक्छ । यात्रामा
पनि समस्या आउने र बाध्यताका
काममा जुट्नुपर्ने योग छ। दाम्पत्य
सम्बन्धमा असमझदारी वा
प्रतिस्पर्धाको समय छ। विद्यामा
कमजोरी र लेनदेनमा विवाद होला।
सवारीसाधन उपयोग गर्दा अलि
सावधानी अपनाउनुपर्ला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या,
यि, यु (Scorpio)
व्यापार तथा
उद्योगतर्फ सामान्य
फाइदाको योग छ।
अधिकारबाट अलि
वञ्चित भइएला।
शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती
सामना गर्नपर्ला। प्रतिष्ठाका लागि
प्रतिस्पर्धा गर्नुपर्ने समय छ। यात्रामा
बाधा हुन सक्छ। तापनि, प्रयत्न गर्दा
मौकाको फाइदा लिन सकिनेछ। शत्रु र
रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–
मामिलामा पनि विजयी भइनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
(Sagittarius)
अप्रिय समाचारले
खिन्नता बढ्न सक्छ।
पढाइलेखाइमा पनि
ध्यान दिन नसकिएला।
व्यापार व्यवसायमा
समेत त्यत्ति फाइदा नहोला।
होसियारीपूर्वक काम लिने समय छ।
विभिन्न अवरोध आउलान्। एक्लोपना
अनुभूति हुनेछ। खानपानको असावधानीले
स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ ।
सन्तान वा अनुयायी र मातृशक्तिको
सल्लाह, सहयोगले फाइदा होला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा,
गि (Capricorn)
सामाजिक काममा
फाइदा होला। घर–
गृहस्थीमा भने समस्या
आउन सक्छ।
परिवारजनसँग
असमझदारी बढ्नुका साथै मान्यजनको
सुझाव अप्रिय लाग्न सक्छ।
महत्वाकांक्षी योजना गोप्य राखेर
अघि बढ्दा फाइदा हुनेछ। मातृधनको
उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र
जमिनबाट पनि सामान्य लाभ होला।
तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत
रहनुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
अनुकूल समय छ।
सहयोगीहरूले राम्रो
साथ दिनेछन्।
रोकिएका काम बन्ने र
नयाँ काम सुरु गर्ने समय
छ। उद्योग र व्यापारमा विशेष फाइदा
हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न
सकिनेछ। विगतका कर्मको उचित प्रतिफल
पाइनेछ। कृषि–चौपायामा भने अलि
कममात्र फाइदा होला। तापनि, प्रशस्त
धन आर्जन गर्ने मौका छ। प्रतिस्पर्धापछि
प्रशस्त फाइदा हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
(Pisces)
आर्थिक
क्रियाकलापमा
सोचेको फाइदा नउठ्न
सक्छ । अनावश्यक
वादविवादमा
परिएला, विचारलाई तौलेर मात्र व्यक्त
गर्न बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि
आलोचना गर्नसक्छन् । मान–सम्मानमा
आघात पर्ने देखिन्छ । काममा
विघ्नबाधा उपस्थित हुन सक्छन् । तापनि,
प्रयत्न गर्दा व्यावसायिक काममा
सामान्य फाइदा उठाउन सकिनेछ।

0 comments:
Post a Comment