Home » » राष्ट्रिय सहमतिको सरकारको नेतृत्व एमाओवादीले !

राष्ट्रिय सहमतिको सरकारको नेतृत्व एमाओवादीले !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एकीकृत नेकपा माओवादीले भूकम्पपछि नवनेपाल
निर्माणका लागि सक्षम नेतृत्व आफ्नो
पार्टीमा मात्र भएकाले राष्ट्रिय सरकारको
नेतृत्वको दावी गरेको छ ।
सो पार्टीका वरिष्ठ नेता तथा पूर्व
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय
सरकारको आवश्यकता औंल्याएपछि
एमाओवादीले आधिकारिक रुपमा आफूले
सरकारको नेतृत्व गर्ने दावी गरेको हो ।
शनिबार पार्टी केन्द्रीय कार्यालय
पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा
पार्टी प्रवक्ता दीनानाथ शर्माले विपद्लाई
सामना गर्न र त्यसले पारेको क्षतिलाई
न्यूनीकरण गर्दै पुनःनिर्माणमा जुट्नका लागि
राष्ट्रिय सहमतिको सरकार नै उत्तम विकल्प
भएको बताउँदै त्यस्ता सरकारको नेतृत्व गर्ने
क्षमताको नेता आफ्नो पार्टीमा भएको दावी
गर्नुभयो ।
पत्रका सम्मेलनमा शर्माले सरकार निकम्मा
सावित भएको दावी गर्नुहुँदै नवनिर्माणको
लागि बलियो र कामकाजी सरकारको जरुरत
रहेकोमा जोड दिँदै उहाँले परम्परागत तवरले भूकम्प
प्रभावित क्षेत्रको पुनःनिर्माण हुन नसक्ने र
जनताले वस्तुनिष्ट राहतसमेत नपाउने धारणा समेत
राख्नुभयो ।
भूकम्प प्रभावित क्षेत्रका जनताले प्रभावकारी
रुपमा राहत पाउन नसकेको र विभिन्न
जिल्लामा चरम राजनीतिकरण गरिएको भन्दै
उहाँले आफ्नो पार्टीले गैरकानुनी काम नगर्न र
सबै पीडितलाई समान ढङ्गले राहत वितरण गर्न
सरकारसँग आग्रह गरेको बताउनुभयो ।
उहाँले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आफ्नो
पार्टीको एक लाखभन्दा बढी नेता तथा
कार्यकर्ता भूकम्पपीडितको राहत,
पुनःनिर्माणमा खटेको जानकारी दिनुभयो ।
शर्माले आफ्नो पार्टीले सरकारको नेतृत्वको
दावी गर्नु लोकतान्त्रिक पद्धति नै भएको
बताउनुभएका शर्माले सरकार असफल भएपछि प्रमुख
प्रतिपक्षी दलको नाताले एमाओवादीले
राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न
पाउनुपर्ने पनि बताउनुभयो ।
त्यसो त कांग्रेसका नेताहरुले पनि राष्ट्रिय
सहमतिको सरकार बनाउनुपर्ने आवाज नउठाएका
हैनन् । तर, उनीहरुले वर्तमान सरकारमा अरु दलहरु
समेटेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने
बताइरहेका बेला एमाओवादीले भने सरकारको
नेतृत्व नै आफूले पाउनुपर्ने दावी गरेको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved