Home » » नेपालको भूकम्पमा विश्वका चर्चित भूगोलविदको निधन....

नेपालको भूकम्पमा विश्वका चर्चित भूगोलविदको निधन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

जर्मनी प्रोफेसर तथा विश्वका चर्चित
भूगोलविद एवं हिमनदी सम्बन्धी ज्ञाता
डा.माल्थियस कुहले अब संसारमा रहेनन् । आफ्नो
६७ औं जन्म दिन मनाउन ६ दिनमात्रै बाँकी
रहँदा बैशाख १२ गतेको भूकम्पमा परी कुहलेको
निधन भएको छ ।
हिमाली क्षेत्रमा भइरहेको वातावरणीय
परिवर्तनबारे अध्ययन गर्न कुहले जर्मनबाट
विद्यार्थीहरु लिएर नेपाल आएका थिए ।
भूकम्पका बेला उनी गोरखामा थिए, जहाँ
उनको निधन भयो । उनीसँगै उनका केही
विद्यार्थीहरुको पनि निधन भयो ।
प्रोफेसर कुहलेले नेपाल लगायत तिब्बत र मध्य
एशियाको हिमालय क्षेत्रमा लगातार ३०
वर्षसम्म अध्ययन गरेका थिए । उनले नेपालको
मर्स्याङ्दी। सेतीलगायतका नदी र
त्यसक्षेत्रको वातावरणीय प्रभावबारे लामो
अनुसन्धान गरेका थिए ।
एशियाको हिमाली क्षेत्र र यहाँका
हिमनदीको आयुबारे लामो अनुसन्धानमा लागे
कुहलेको जीवन अन्ततः नेपालकै भूमिमा हुन
पुग्यो ।
उनले गरेको अध्ययन र अनुसन्धानले नेपालको
हिमाली क्षत्रेमा आइपर्ने विपत्तिबारे अध्ययन
गर्न हामीलाई महत्वपूर्ण सन्दर्भ सामाग्री
दिएको प्राध्यापक कुलप्रसाद लिम्बु बताउँछन् ।
‘मैले गत साल जर्मनीमा आयोजित एक
कार्यक्रममा कुहलेसँग भेटेको थिएँ, लिम्बुले
अनलाइखबरसँग भने- ‘त्यहाँ उनले नेपालको
हिमाली क्षेत्रमा कसरी वातावरणीय
परिवर्तन भइरहेको छ भन्नेबारे व्यास्था गरेका
थिए । वास्तवमा उनी हिमनदीको भू-आकृति
सम्बन्धी वैज्ञानिक हुन् । श्रोत अनलाइन खबर
समाचारसंग सम्बिन्धीत भिडियोका लागि
तलको बक्समा क्लिक गर्नुहुन अनुरोध गर्दछौ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved