Home » » डोको बोकेर चर्पी र विद्यालय बनाउँदै धुर्मुस....

डोको बोकेर चर्पी र विद्यालय बनाउँदै धुर्मुस....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

’धुर्मुश’ डोको बोकेर उभिएका छन् । उनको डोकोमा
अर्का तन्नेरी ढुंगा राखिदिंदैछन् । हाँस्य
टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा गाउँले लवजको अभिनय
प्रस्तुत गरिरहेका धुर्मुसको यो तस्बिर देख्दा लाग्न
सक्छ, डोको बोकेर धुर्मुसले मेरी बास्सैको नयाँ
एपीसोड सुटिङ गर्दैछन् ।
तर होईन, उनी अहिले रिल लाईफमा गाउँ बनाउने
अभियानमा जुटेका छन् । शनिवार नुवाकोटको
ओखरपौवा गाविसको तामाङ बस्तीमा पुगेका
धुर्मुशले स्थानियसँग मिलेर ढुंगा बोके, माटो मुछे अनि
चर्पी बनाए ।
यी दुई गाँउमा झण्डै २ सय ४० घर छन् । एउटा निम्न
माध्यमीक विद्यालय पनि छ । यसअघि ५ जनाको
घरमा , विद्यालयमा ३ गरी ८ वटा मात्रै चर्पी
थियो यो गाउँमा । सरसफाई दुत धुर्मुस र सुन्तली -
कुञ्जना घिमिरे)सहितका कलाकार टोलीले तीन
दिनमा ४० चर्पी बनाए ।
चर्पी बनाउनका लागि धुर्मुश-सुन्तली सहित
स्थानीयले श्रमदान गरेका थिए । सोही स्थानमा
रहेको महाकाली विद्यालयको जस्ता हुरीले
उडाएपछि विद्यालयको पनि पुननिर्माणमा जुटेका
छन् उनीहरु । साथै सोही विद्यालयमा अध्ययनरत
दुईसय विद्यार्थीलाई झोला दिने तयारी भएको
सितारामले अनलाइनखबरलाई बताए । श्रोत अनलाइन
खबर

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved