Home » » सुरक्षितस्थानमा लागेका सर्बसाधारणलाई असिनापानीले पनि छाडेन....

सुरक्षितस्थानमा लागेका सर्बसाधारणलाई असिनापानीले पनि छाडेन....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पर्वत–भूकम्पले चर्किएको पहाड भत्किएर
थुनिएको कालीगण्डकी फुट्ने त्रासले घर छाडेर
डाडाकाडामा बसेका सर्बसाधारणको
असिनापानी परेपछि बिचल्ली भएको छ।
सुरक्षित स्थानको खोजिमा विभिन्न
भिरपाखा, ओढार र खाली आकाशमुनि बस्दै
आएका सर्वसाधारणहरुको भारी
असिनापानीले विचल्ली बनाएको हो।
उत्तरी म्याग्दीको भगवती–२, बैंसरीमा
खसेको भीषण पहिरोका कारण कालीगण्डकी
नदी थुनिएपछि मध्यरातदेखि घर छाडेर
डाडाकाडा चहारेका सर्वसाधारण दिउसो
२ः३० मा भारी असिना र मुसलधारे पानीले
बिजोग बनाएको हो।
सुरुमा हुरी बतासबाट सुरुभएको वर्षा असिना र
पानी परिणत भएको छ। घरमा असुरक्षित भएर
अन्यत्र लागेका सर्वसाधारण्रु अहिले
हावाहुरी र असिना पानीको मार खेपिरहेका
छन्। ...घरमा बस्न डर लागेपछि सुरक्षित ठाउ
खोज्दै घरमाथिको डाडोमा बसेका थियौ।
असिनापानीले रुझाएको छ,' पर्वतको
मालढुंगाका गणेश माझीले फोनमा भने।
सुरक्षित ठाउ खोज्दै गएराति देखि भीर
पाखोमा बस्दै आएका आफूसहित मालढुंगाका
सिंगोबस्ती अहिले बिचल्लीमा परेको उनले
बताए।
पर्वतको वारीबेनी, लस्तीबजार,
मिलनचोकबजार, फर्से, मालढुंगा,
सेतीबेणीबजार लगायतका १२ सय घरपरिवार
थुनिएको कालीगण्डकी नदीको उच्च
जोखिममा रहेका छन्। नदीको जोखिमबाट
बच्न पाखो ठाउमा बसेका उनीहरुलाई
असिनापानीले समेत पीडित बनाएको छ।
बढीमात्रामा बालबालिका, बृद्धबृद्धालाई
समस्या बनाएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved