Home » » अमेरिकी राष्ट्रपति ओबामाले यसकारण बनाए नेपाली चेलीलाई सल्लाहकार...

अमेरिकी राष्ट्रपति ओबामाले यसकारण बनाए नेपाली चेलीलाई सल्लाहकार...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वाशिंगटन डिसी । संयुक्त राज्य अमेरिकाका
राष्ट्रपति बराक ओबामाले नेपाली मुलकी
अमेरिकी चेलीलाई सल्लाहकारमा नियुक्त गरेका
छन् ।
एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट
राष्ट्रपति ओबामाले नेपाली चेली सञ्जिता
प्रधानलाई सल्लाहकार समितिको सदस्यमा
नियुक्त गरेका हुन् ।
सल्लाहकारमा नियुत्त, भएपछि नेपाली मुलकी
चेली सञ्जिताले प्रथम पटक अन्तर्वार्ता दिदै आफूले
प्रारम्भिक स्तरबाट नै काम गर्दै यहाँ सम्म पुगेको
बताईन् ।
कडा मेहनत, परिश्रमको साथै काममा दत्तचित्त भै
काम गर्ने भएकोले राष्ट्रपति ओबामाको
सल्लाहकार समितिको सदस्यमा नियुक्त हुन्
पाएकोमा आफुलाई हर्ष लागेको बताएकी छिन् ।
‘अमेरिका यस्तो देश हो जहाँ मेहनत गरे जो पनि
जहाँ पनि पुग्न सकिने रहेछ’ भन्दै आफु यो पदमा
पुगेकोमा सबै नेपालीलाई गर्व हुनु स्वाभाविक हो
भनिन ।
राष्ट्रपति ओबामाले सल्लाहकार समितिमा १९
जनालाई नियुक्त गर्नु भएको छ र त्यो १९ जनामा
आफू पनि परेको हु । नियुक्त भएका सबै जना कोहि
स्वास्थ्य तथा ब्यापार क्षेत्रका बिज्ञ छन् भने
कोहि लामो समयदेखि समाज सेवामा समर्पित
रहेका समाजसेवी पनि छन् ।
प्रधानले अगाडि भनिन् आफु धेरै बर्ष सम्म भुटानी
पुनर्स्थापनमा काम गरेको र यस्को बिज्ञको
आधारमा त्यो समितिमा आफू सबैभन्दा कनिष्ठ
भएकोले आफुलाई यसमा उहाँहाहरुले नियुक्त गर्नु
भएको बताईन् ।
उनले कुराकानीको क्रममा आफू सहि समयमा सहि
आवाज उठाउनुपर्छ भन्ने सिद्धान्त बोकेर हिँड्ने
महिला हु । आफुले गरिब दुखी, ओझेलमा परेका र
सतहभित्र लुकेर बसेको समुदायको पक्षमा वकालत
गर्दै आई रहेको छु । भनिन् ।
आवाज उठाउन नसक्ने समुदाय प्रति वकालत गर्न
नडराउने, अन्याय सहन नसक्ने र आवाजलाई बुलन्द
पार्ने काममा तल्लिन छु । हामी एसियनहरुमा सबै
भन्दा ज्यादा भाषाको पनि समस्या जस्तो
देखिएको मैले अनुभूति गरेको छु । र, सबैले यो महसुस
गरेका छन् भन्ने लागेको छ ।
भाषा आएन भने हाम्रो आवश्यकताको पहिचान
गर्न गाह्रो हुन्छ भन्दै आफुले यीनै क्षेत्रमा
समस्याको पहिचान गर्दै ठाउँमा बहस गरेको छु ।
यस्ता धेरै कुराको प्रेरणाको श्रोत आफ्ना
पिताबाट प्राप्त गरेको हु । प्रधानले भनिन् ।
आफ्नो नियुक्त बारेमा नेपाली समुदायमा अझ
पनि केहि भ्रम जस्तो लागेकोले आफुले प्रथम पटक
दिएको अन्तर्वार्तामा प्रष्ट राख्न चाहेको
बताउँदै आफ्नो नियुक्ति भनेको एक प्रकारको
अवैतनिक जस्तै हो । स्वयम् सेवक रुपमा काम गर्नु पर्ने
हुन्छ ।
आफू जुन स्थानमा पुग्न सफल भएको छु त्यो मेरो
परिवारको समर्थन र सहयोग नभएको भए यहाँ सम्म
पुग्ने थिइन् भन्दै परिवार प्रति आभार प्रकट संचार
माध्यमबाट दिन चाहन्छु भनिन् ।
एसियनहरुको समस्या के हो ? त्यसमा म सहयोग
गर्न सक्छु । म अहम भूमिका निर्वाह गर्न सक्छु ।
कुराहरु राख्न सक्छु । तर धेरैले पत्राचार गर्दै मेरो
नियुक्तिको प्रवृति नबुझेर सवाल, सल्लाह, सुझाब र
प्रश्नहरु प्राप्त गरिरहेको जानकारी गराईन ।
कुराकानीको क्रममा आफु यहाँ सम्म पुग्छु भन्ने
नलागेको र आफू नै आश्चर्यमा परेको बताईन् । आफू
मानव अधिकारको लागि काम गरि रहेको बताउँदै
जुन काम विवाद रहित हुन्छ । आफ्नो कामको
ब्याख्या गर्दै मेरो काम भनेको तटस्थ हुनुपर्छ ।
जुन पदमा मलाई नियुक्त गरिएको छ, त्यो
आयोगको बैठक सुरु भै सकेको छ । आफू सहभागी हुँदा
नौलो नलागेको बताउँदै आफुले राज्य स्तरमा यसरी
नै काम गर्ने गरेको बताईन । आयोवा राज्यमा
स्थानीय स्तरमा आयोगमा उनीहरुसंगै काम गरेको
छु भनिन ।
प्रधानले अगाडि भनिन् एसिया प्यासिफिक
आइसल्याण्डरको लागि मेरो नियुक्ति हो । मेरो
काम अमेरिकामा भएका सबै एसियन समुदायसंग
काम गर्ने हो । आफुले नियम अनुगमन गर्नेमा ध्यान
पुर्याउनु पर्ने हुन्छ भन्दै नयाँ नियुक्तिको काममा
सहज र सरल रुपमा जिम्मेबार निभाई रहेको बताईन ।
यसको साथै अमेरिका भरि रहेका नेपाली
समुदायका मुद्दा, टेमपोररी प्रोटेकटेड स्टाटस
(अस्थायी सुरक्षित हैसियत) स्वास्थ्य, बिदेशी
सम्पति परिवहन आदि ईत्यादी बिषय तथा
समस्यामा म नेपाली समुदायसंग काम गर्न चाहेको
बताईन ।
आफू काम नै गरेर माथि पुगेको संस्मरण गराउदै आफुले
अमेरिकामा बस्ने नेपालीहरुको खाका
(प्रोफ़ाइल) लेख्ने प्रयास गरि रहेको जानकारी
गराईन् ।
अन्तरवार्ताकै क्रममा ज्यादा प्रचार तथा
प्रसारमा रुचि नराख्ने संजिता प्रधानले आफ्नो
पुर्खौली घर कोशी अञ्चल, जिल्ला संखुवासभा
चैनपुर घर भएको बताइन् । उनले सुनसरी जिल्लाको
धरानको बिजयपुर उच्च माध्यमिक बिद्यालयमा
अध्ययन गरेकी बताईन् ।
भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीकी
बिद्यार्थी प्रधान अमेरिका पुगेपछि सामाजिक
काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहँदै
आएकी छिन् ।
उनी नेपाली समुदायको ईतिहासमा राष्ट्रपति
द्वारा सल्लाहकार समितिको सदस्यमा नियुक्त
हुने पहिलो नेपाली मुलकी महिला बनेकी छिन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved