भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, जेष्ठ १० - पहिरोले थुनेको
कालीगण्डकी ओभरफ्लो भएर बग्न सुरू भएको छ ।
'सेक्युरिटीले खोलेको होइन । पहिरोले बनाएको
कृत्रिम बाँध नाघेर पानी जान थाल्यो,' पश्चिम
क्षेत्रका प्रहरी प्रमुख पंकज श्रेष्ठले भने, 'अहिलेसम्म
जोखिमको अवस्था छैन ।' पहिरो गएको क्षेत्रमा
सेना, प्रहरी र सशस्त्रको टोली तयारी
अवस्थामा बसेको उनले बताए ।
कालीगण्डकीका तटीय क्षेत्रहरूमा उच्च सतर्कता
अपनाइएकाले अहिलेसम्म ठूलो जोखिमको
सम्भावना कम देखिएको उनले बताए ।
कालीगण्डकीमा बाढी आउने त्रासका कारण घर
छाडेर माथिल्ला डाँडामा शरण लिएका
स्थानीयलाई बने असिना पानीले कष्ट भएको छ ।
अहिले असिना पानी थामिएको छ । 'उच्च
सतर्कताका लागि घर छाड्न भनिएको थियो,'
डीआईजी श्रेष्ठले भने, 'त्यस्तो मर्का परेको अवस्था
छैन । हामीले बराबर सूचना लिएका छौं ।'

0 comments:
Post a Comment