भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : मलेसियाले नेपाली कामदार नलिने
अनौपचारिक जानकारी दिन थालेको छ। नेपाल
सरकारको ढुलमुले नीतिका कारण मलेसियाले
नेपाल बन्द गरी बंगलादेश र भारतबाट कामदार
लैजाने रणनीति बनाउन थालेको हो।
नेपाल सरकारले मलेसियालगायत अन्य खाडीका
मुलुकमा नि:शुल्क कामदार पठाउने गृहकार्य
थालेको छ।
तर यसको औपचारिक जानकारी मलेसियासहित
खाडीका कुनै पनि मुलुकलाई गराएको छैन।
कामदार लिने मुलुकसँग छलफलै नगरी एकतर्फीरूपमा
नि:शुल्क कामदार पठाउने हल्ला मच्चाएकाले
कामदार नै लिन बन्द गर्ने चेतावनी दिन थालेको
म्यानपावर व्यवसायीले दाबी गरेका छन्।
अन्नपूर्ण पोष्ट्ले आइतबार आयजना गरेको अन्नपूर्ण
सम्बन्ध अन्तक्रिया कार्यक्रममा वैदेशिक
रोजगारी व्यवसायीहरू कुमुद खनाल, टंकबहादुर
राउत, बिमल ढकाल तथा सरोज पोखरेलले नेपालको
रवैयाविरुद्ध मलेसियाले नयाँ कदम चाल्न सक्ने
दाबी गरेका हुन्।
बिनातयारी शून्य लागतको हल्ला गर्दा वैदेशिक
रोजगारीमा थप विकृति बढ्ने दाबी गरे।
व्यवसायी शून्य लागतमा कामदार पठाउनुपर्ने
पक्षमा भए पनि तत्काल यो सम्भावना नभएको
दाबी गरे।
‘बिना तयारी शून्य लागतको हल्ला गरे वैदेशिक
रोजगारीमा अझ विकृति बढ्ने र कामदारले
अहिलेभन्दा बढी रकम तिर्नुपर्छ’, व्यवसायी टंक
राउतले भने।
उता, सरकारले भने शून्य लागतले कामदार,
व्यवसायी र राज्य सबैलाई फाइदा पुग्ने बताएको
छ। व्यवसायीले न्यूनतम सेवाशुल्क लिन पाउने
भएकाले टिकट र भिसा नि:शुल्क गरेर पठाउँदा
घाटा नहुने कार्यक्रममा वैदेशिक रोजगार
विभागका निर्देशक भेषबहादुर कार्कीले बताए।

0 comments:
Post a Comment