Home » » विदेश जान पाँऊ: सलमान खान

विदेश जान पाँऊ: सलमान खान

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


सन् २००२ को सडक दुर्घटना मुद्दामा दोषी ठहर भएपछि हाल जमानतमा रहेका अभिनेता सलमान खानले बुधबार  मुम्बई उच्च अदालतसमक्ष विदेश जाने अनुमति मागेका छन्। उनले यसै महिनाको अन्तमा दुबईमा हुने कार्यक्रममा सहभागी हुनका लागि उक्त अनुमति मागेका हुन्।
मे ६ मा भएको सुनवाइमा अदालतले सलमानलाई भवितव्य हत्यामा दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय सुनाएको थियो।  सोही दिन साँझ दुई दिनको अन्तरिम जमानत पाएका सलमान ८ मे मुम्बई उच्च अदालतले जमानत दिएको थियो र तल्लो अदालतले दिएको सजायलाई पनि तत्कालका लागि निलम्बन गरेको थियो।
दोषी ठहरिएका सलमानलाई अदालतले देश बाहिर जानका लागि अनिवार्यरुपमा अदालतको अनुमति लिनुपर्ने आदेश दिएको छ। बुधबार दायर गरिएको याचिकामा सलमानले २९ मे मा दुबईमा हुने कार्यक्रममा आफू जान चाहेको उल्लेख गर्दै अनुमतिका लागि अनुरोध गरेका छन्। यस सम्बन्धमा आगामि हप्ता सुनुवाइ हुने सम्भावना रहेको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved