Home » » सेलफोनको अत्यधिक प्रयोगले स्वास्थ्यमा पर्ने १० गम्भीर जोखिमहरू

सेलफोनको अत्यधिक प्रयोगले स्वास्थ्यमा पर्ने १० गम्भीर जोखिमहरू

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सेलफोन वा मोवाइल फोन । अथवा नेपालीमा
हातेफोन । यो अहिले मानव जीवनको एक महत्वपूर्ण
पर्याय भएको छ । यसले संसारलाई एकै ठाउँ
जोडेको छ भन्दा अत्युक्ति नहोला । सन् १९२० मा
प्रहरीका लागि प्रयोग गर्न अघि सारिएको
रेडियोलाई नै सेलफोन आविष्कारको आधार
मानिन्छ । अमेरिकाका ईन्जिनियर मार्टिन कुपर
सेलफोनको आविष्कारकर्ता हुन् । उनले सन् १९७३ मा
हातमा बोकेर हिँड्न मिल्ने हातेफोन अर्थात्
सेलफोनको आविष्कार गरे ।
आविष्कारलगत्तै सबैभन्दा पहिले उनले आफ्नो शत्रु र
विरोधी जोयल इङ्गेललाई फोन गरेका थिए । सन्
१९७९ मा जापानको एनटीटीले मोटोरोला फोन
आविष्कार गर्यो र सन् १९८३ मा पहिलो पटक
बिक्रीका लागि बजारमा ल्यायो । यहि
सेलफोन आज ९६ प्रतिसत अमेरिकी युवा प्रौढ र ७७
प्रतिसत भर्खरका युवायुवतीले प्रयोग गरिरहेका छन्
। सञ्चारको द्रुत विकास र क्रान्तिकै रूपमा
आएको सेलफोनलाई २१ औं सताब्दीको हटकेकको
रूपमा लिइन्छ ।
फोनकल, मेसेज, ईमेल, ईन्टरनेट, भाइब्रेट, क्यामेरा,
तस्विर, क्यालकुलेटरका साथसाथै थुप्रै काम गर्न
मिल्ने सेलफोन संसारभरका मानिसका लागि
दैनिकीकै रूपमा प्रयोग हुने गरेको छ । अमेरिकन
लाइफ योजना सर्वे र मर्निङ्ग साइड रिकभरी
रिहाबिलिटेसन केन्द्रका अनुसार, सरदर अमेरिकीहरू
दिनको २४ घण्टामध्ये आठ घण्टा सुत्ने समयबाहेक
बाँकी १६ घण्टामा दुई सय ४४ मिनेट अर्थात चार
घण्टा ६ मिनेट सेलफोन प्रयोग गर्दछन् । विश्वभर
६.५ विलियन मानिसले सेलफोन प्रयोग गर्ने गरेका
छन् । यो संख्या दैनिक बढ्दो छ । अत्यावश्यक र
आधारभूत साधनको रूपमा स्थापित सेलफोनको
प्रयोगबिनाको जीवन कल्पनासमेत गर्न नसकिने
अवस्था सिर्जना भइसकेको छ ।
तपाईं कत्तिको सेलफोन प्रयोग गर्नुहुन्छ रु फेसबूक,
ट्विटर, मेसेज, ईमेल, कुराकानी, तस्वीर खिच्ने,
हरहिसाव गर्नेमात्र नभएर दैनिक अत्यावश्यक अन्य
डिभाइस प्रयोगका लागि कत्तिको प्रयोग
गर्नुहुन्छ ? चिनी बढी खाए तीतो हुने, नुन बढी
खाए अमिलो हुने भनेजस्तै प्रविधिका जे जति
फाइदा छन्, असर, जोखिम र बेफाइदा पनि
त्यत्तिकै छन् । नभोगे, नपरे वा आपद–विपद नआएसम्म
लत्तो छाड्ने बानी र ब्यहोराले गर्दा थाहै नपाई
हामी आफैंले आफ्नो खुट्टामा बन्चरो हानिरहेका
त छैनौं ? के तपाईं सेलफोनमा रातदिन कुरा
गर्नुहुन्छ रु के तपाईं सेलफोन चार्जमा राखेर
ओछ्यानमा सुत्नुहुन्छ ? के तपाईं सेलफोन चलाएर
सवारी साधन चलाउनुहुन्छ ? तपाईं सवारी साधन
चलाउँदा टेक्स्ट म्यासेज गर्ने, फेसबूक हेर्ने वा फोनमा
कुराकानी गर्नुहुन्छ ? के तपाईं मुटु नजिकै पर्ने
सर्टको खल्तीमा सेलफोन बोक्नुहुन्छ रु वा
पाइन्टको खल्तीमा बोक्नुहुन्छ के तपाईं गाढा
प्रकाश राखेर सेलफोन प्रयोग गर्नुहुन्छ ?
यदि त्यसो हो भने होस् गर्नुहोला । जीवन
निर्वाहका लागि पर्याय बनिरहेको सेलफोन
मानव स्वास्थ्यका लागि
हानीकारक छ । त्यसैले यस्ता प्रविधि प्रयोग
गर्दा हामीले होसियारी अपनाउनुको विकल्प
छैन । विश्व स्वास्थ्य संगठनका अनुसार, सेलफोनले
हरदम रेडियो बिकीरण तरङ्ग फ्याँकिरहेको हुन्छ ।
जहाँ स्टेसन
आधारित रेडियो प्रसारण तरङ्ग विध्युतीय
चुम्बकसँग अन्तर सम्बन्धित हुन्छ । यसबाट उत्पन्न
रासायनिक
विध्युतीय बिकीरण मानव स्वास्थ्यका लागि
हानीकारक मानिन्छ । जुनबेला यो सञ्चालन हुन्छ,
यसले तरङ्ग फ्याँक्छ । त्यसैले जब सेलफोन प्रयोग
गरिन्छ । त्यसबेला जति सेलफोनको दुरी बढाउन
सक्यो, त्यति नै बिकीरण तरङ्ग र असरमा कमी हुन्छ

अमेरिकाको फेडेरल सञ्चार आयोगले सेलफोन
प्रयोगकर्ताहरूलाई सेलफोनको हाते सेटको दुरी २०
सेन्टी मिटर वा त्यसभन्दा टाढा राखेमात्र
बिकीरण कम हुने र केही हदसम्म बच्न सकिने सुझाव
दिएको छ । युवायुवतीको दिमागमा
बिकीरणको असर लामो समयसम्म रहने भएकाले
युवायुवती सबैभन्दा बढी पीडित हुन सक्छन् ।
पिटसवर्ग विश्वविध्यालयका प्राध्यापक डा।
डेब्रा डेस्किसका अनुसार सेलफोन प्रयोग गर्दा
सबैभन्दा बढी युवायुवती होसियार हुन जरुरी छ ।
उनले फोनको प्रयोगलाई सीमित नगरे क्यान्सर
हुनसक्ने चेतावनी समेत दिएका छन् ।
सेलफोनको प्रयोगबाट मानव स्वास्थ्यमा मुख्यतः
निम्न १० असर र जोखिमहरू हुन सक्छन्ः–
१. तनावमा बृद्धिः–
सेलफोनमा उत्पन्न हुने उच्चदरको तरङ्गले तनावमा
बृद्धि हुने र रिसाहापन बढ्न गई मानसिक तनाव
बढाउँछ । लगातार सेलफोनको आवाज, भाइब्रेटिङ्ग
एलर्ट र अन्य ध्वनी प्रदुषणको असर मानव
स्वास्थ्यमा पर्न जान्छ । स्वीडेनको गोथेनवर्ग
विश्वविध्यालयले २० देखि २४ वर्षसम्मका
युवायुवतीमा गरेको अध्ययनले सेलफोनको असरले
मानसिक स्वास्थ्य र मनोविज्ञानमा गम्भीर असर
परेको देखाएको छ । एक वर्षसम्म गरिएको अध्ययनले
महिलामा सुताइमा बाधा र खानामा अरूची
देखियो । त्यसैगरी पुरुषमा पनि सुताइमा
बाधाका साथै डिप्रेसनका लक्षणहरू देखा पर्यो ।
सेलफोनको अत्यधिक प्रयोगकर्तामाझ गरिएको
अध्ययनले समग्रमा मानव स्वास्थ्यमा गम्भीर असर र
जोखिम देखायो ।
२. प्रस्तुतीमा नकारात्मक असरः–
बेलायतको ईसेब्स विश्वविध्यालयमा गरिएको
अध्ययनले सेलफोन बढी प्रयोग गर्नेहरूको
आनीबानी, स्वभाव र प्रस्तुतीमा भिन्नपन
देखियो । उनीहरूमा मौनता, रुखोपन, सुस्तता र
प्रस्तुतीमा भिन्न ब्यवहार देखियो ।
३. विरामी हुने जोखिमः–
सेलफोनको प्रयोग खासगरि हात, कान र मुखसँग
अन्तरसम्बन्धित हुने भएकाले यसबाट ब्याक्टेरिया र
किटाणु उत्पन्न हुने खतरा हुन्छ । दैनिक रूपमा हात र
खल्तीमा बोकिरहँदा जिवाणु र किटाणु उत्पन्न
हुन्छ । जुन शौचालयको सिटमा भन्दा बढी
मात्रामा उत्पन्न हुन्छ । लण्डनको हाइजेनिक तथा
ट्रपिकल मेडिसिन र क्विन क्रेटी
विश्वविध्यालयले तीन सय ९० सेलफोन
प्रयोगकर्तामा गरेको अध्ययनले हातमा सेलफोन धेरै
समयसम्म बोक्दा अत्यधिक ब्याक्टेरिया उत्पन्न
भएको देखियो । अध्ययनले हातमा सेलफोन धेरै
बोक्दा ब्याक्टेरियाको जिवाणु उत्पन्न हुने खतरा
९२ प्रतिसत देखियो । अध्ययनले ती जिवाणु सँगसँगै
खाँदा, हिँड्दा र उठबस गर्दा ती ब्याक्टेरिया
शरीरमा प्रवेश गरी विरामी हुने खतरा देखियो ।
४. दीर्घ पीडा र दुःखाइको जोखिमः–
सेलफोनबाट दैनिक फेसबूक, ईमेल, टेक्स्ट मेसेज र अन्य
डिभाइस प्रयोग गर्दा हातका जोर्नी, औंलाका
जोर्नी, पाखुरा पछाडिको भाग, कम्मर र टाउको
दुःख्ने खतरा बढ्दै जान्छ । दीर्घरूपमा यसको
प्रयोगबाट स्वास्थ्यमा दीर्घ पीडा र दुःखाइका
जोखिमहरू बढ्दै जान्छन् ।
५. आँखाको दृश्यशक्तिमा कमीः–
लगातार सेलफोन हेर्दा, यसको प्रकाश गाढा
बनाइ स्क्रिन चम्किलो बनाउँदा तथा कम्प्युटरमा
भन्दा सानो स्क्रिन हुने हुँदा आँखामा असर बढी
हुन्छ । मेसेज पढ्दा, फेसबूक, ट्विटर तथा अन्य
समाचार पढ्दा र लेख्दा आँखामा असर बढी हुन्छ ।
अमेरिकी भिजन काउन्सिलका अनुसार, सेलफोन
प्रयोग गर्ने ७० प्रतिसतभन्दा बढीको आँखामा
असर पर्ने गरेको छ ।
६. दुर्घटनाको कारणः–
गाडी चलाउँदा टेक्स्ट मेसेज वा फोन गर्दा बढी
दुर्घटना हुने खतरा हुन्छ । अमेरिकाको यातायात
प्रहरीको सर्भेका अनुसार, अमेरिकामा हुने
दुर्घटनामध्ये सबैभन्दा बढी फोन र टेक्स्टका कारण
हुने गरेको छ । त्यसैले रेल, बस चढ्दा र गाडी
चलाउँदा होसियारी अपनाउनु पर्दछ । त्यसैले
अमेरिकाका कतिपय राज्यहरूमा गाडी चलाउँदा
फोन र टेक्स्ट गर्न मनाही छ । कतिपय राज्यमा
फोन गरेर गाडी चलाउन पाइए पनि टेक्स्ट गर्न
निषेध छ । प्रहरीले फेला पारे ठूलो जरिवाना
तिर्नु पर्दछ ।
७. झगडा र दुस्मनीको जोखिमः–
कतिपय अवस्थामा सेलफोनको प्रयोग नभई
दुरूपयोग पनि हुने गरेको छ । यसको दुरूपयोग हुँदा
फोन र टेक्स्टमा झगडा र दुस्मनी हुने र कानुनी
कारवाहीको भागिदार बन्नु पर्ने हुन्छ ।
अमेरिकामा सेलफोनमा गरिने खराब टेक्स्ट मेसेज र
चेतावनीयुक्त फोन सम्वादलाई अपराधका रूपमा
लिइन्छ । त्यसैले कारवाहीको भागिदार बन्नुपर्ने
हुन सक्छ ।
८. अशान्तिको कारणः –
आईप्याड, आईफोनका कारण ब्यक्तिको शान्ति र
चयनमा बाधा पर्दछ । यसबाट दैनिक असामान्यता
बढ्ने र
मानसिक विरक्तिपन हुने खतरा देखिएको छ ।
९. सिर्जनामा बाधा र समाप्तीः–
भेला, समारोह, महत्वपूर्ण छलफलका अधिकांश
सहभागीहरू फोनमा मात्रै रहने तथा टेक्स्ट, फेसबूक र
ईमेलमा ब्यस्त रहने गरेको पाइन्छ । कक्षा कोठामा
फोन, टेक्स्टआदिका कारण युवायुवतीहरूको
अध्ययनमा कमजोरीपन उत्पन्न भई दिमाग र हात
निष्क्रिय हुने गरेको पाइएको छ । सेलफोनका
कारण अभ्यास गर्ने, चिन्तन गर्ने र कडा परिश्रम गर्ने
बानी र आचरण समाप्त हुँदै गइरहेको छ ।
१०. मुटु र प्रजनन शक्तिमा असरः–
सेलफोनका कारण विरक्ति र डिप्रेसन हुने भएकाले
यसको असर मुटुमा पर्नु स्वभाविक हो । सेलफोनको
बिकीरणका कारण मुटुलगायत शरीरको
क्रियाशिलताका साथै प्रजनन शक्तिमा समेत
ह्रास आएको अमेरिकी स्वास्थ्य संघको अध्ययनले नै
देखाएको छ ।
(लेखक बरिष्ठ वातावरण पत्रकार र अमेरिकन चेम्बर
अफ कमर्शका एकमात्र नेपाली संस्थागत सदस्य
हुनुहुन्छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved