Home » » 'दक्षिण सागरमा चीनले ठूला हतियारसहित सेना राख्यो'.. कडा कदम चाल्ने अमेरिकी चेतावनी..

'दक्षिण सागरमा चीनले ठूला हतियारसहित सेना राख्यो'.. कडा कदम चाल्ने अमेरिकी चेतावनी..

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी : चीनले विवादित दक्षिण चीन सागरमा
बनाइएको कृत्रिम द्वीपमा ठूला हतियारसहित सेना
तैनाथ गरेको आरोप अमेरिकाले लगाएको छ ।
अमेरिकी अखबार वल स्ट्रिट जर्नलले अमेरिकी
अधिकारीलार्इ उधृत गर्दै छापेको समाचारमा यो
दाबी गरिएको हो । अमेरिकाले चीनले दक्षिण
सागरको मानव निर्मित द्वीपमा ठूला
हतियारसहितका सेना तैनाथ गरेको फोटो समेत
सार्वजनिक गरेको छ ।
अमेरिकाले सार्वजनिक गरेको तस्बिरमा द्वीपमा
तोपखाना देखिन्छ । तर अमेरिकन अधिकारीहरुले यो
द्वीपमा चीनले मोबाइल आर्टिलरी हतियार भने
देखिन छाडेको जनाएको छ ।
तर चीनले ती हतियार हटाएको या
लुकाएकोबारेमा अमेरिकाले केही भनेको छैन ।चीनले
एकसाता अघिमात्रै आफ्नो युद्धक समुद्री जहाज र
एयरफोर्सको नीति बदल्ने घोषणा गरेको थियो ।
साथै चीनले दक्षिण चीन सागरमा कृत्रिम द्वीप
बनाएको तथ्य पनि बाहिर ल्याएको थियो ।
चीनले द्वीप बनाएपछि अमेरिका रुस्ट
दक्षिण चीन सागरमाले द्वीप बनाएपछि अमेरिकी
सिनेटर जोन म्याक्केनले चीनले विवादित क्षेत्रमा
तनाव पैदा गरिरहेको आरोप लगाएका छन् ।
म्याक्केन अमेरिकी सिनेट आर्म्स सर्भिसेज कमिटीका
प्रमुख हुन् । उनले चीनले दक्षिण सागरमा
हतियारसहित सेना तैनाथ गर्नुले त्यो क्षेत्रमा अझै
तनाव बढ्ने बताए ।
उनले चीनलार्इ अन्तर्राष्ट्रिय नियमको उल्लंघन नगर्न
सचेत गराइएको बताए । 'हामी चीनसँग टकराव
चहाँदैनौ', उनले भनेका छन्, 'तर चाँडै कडा निर्णय
लिएर चीनको यो गतिविधि रोक्ने तर्फ कदम चाल्ने
छौं ।'
उता अमेरिकाको आरोपको चीनको
विदेशमन्त्रालयले खण्डन गरेको छ । चिनियाँ
विदेशमन्त्रालयका प्रवक्ताले आफूहरुले द्वीपमा
हतियार तैनाथ नगरेको बताए । लामो समयदेखि
दक्षिण चीन सागरमा चीन र अमेरिका एक आपसमा
युद्ध गर्ने खबर बाहिर आइरहेको छ ।
यो सागरको पुरै क्षेत्रमा चीनले आफ्नो दाबी गर्दै
आएको छ । हालैमात्र चिनियाँ एयरफोर्सले
विवादित द्वीपमा घुमिरहेको अमेरिकी निगरानी
एयरक्राफ्टलार्इ फिर्ता हुन चेतावनी दिएको थियो
। यसपछि दुबै देशबीच तनाव बढिरहेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved