भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
जेठ १० – क्रिष्टियानो रोनाल्डोले ५४ खेलमा ६१
गोल गर्दै यो सिजन अन्त्य गरेका छन् । स्पेनिस क्लब
रियल मड्रिडका पोर्चुगिज स्टाइकर रोनाल्डाले यो
सिजनमा ला लिगामा ४८ गोल गरेका छन् । जुन
चिरप्रतिद्धन्द्धी बार्सिलोनाका अर्जेन्टिनी
स्टाइकर लियोनेल मेसीको भन्दा पाँच गोल बढी हो
।
मेसीले यो सिजनमा ला लिगामा ४३ गोल गरेका छन्
। मेसीले यो सिजनामा अहिलेसम्म समग्रमा ५६ गोल
गरेका छन् । उनले थप गोल गर्न सक्ने सम्भावना भने
कायमै छ । किनकी च्याम्पियन्स लिग र कोपा डेल
रेको फाइनल खेल बाँकी नै छ । ला लिगामा ४८ गोल
गर्दा रोनाल्डोले ८ वटा ह्याट्रिक पुरा गरेका थिए
। उनले यो सिजनमा डिप्रोटिभो ला कोरुना,
एल्ची, एथ्लेटिको बिल्बाओ, सेल्टा डि भिगो,
ग्रनाडा, सेभिल्ला, स्पानियोल र गेटाफे विरुद्धको
खेलमा ह्याट्रिक गरेका थिए ।
यस्तै च्याम्पियन्स लिगमा १० गोल गरेका
रोनाल्डोले युइएफए सुपर कपमा दुई तथा कोपा डेल
रेमा एक गोल गरेका हुन् । ६१ गोल मध्ये दायाँ खुट्टाले
२० तथा बायाँ खुट्टाले ७ गोल गरेका रोनाल्डोले
हेठमार्फत १७, पेनल्टी किकबाट १३ तथा फ्रि
ककिबाट दुई गोल गरेका हुन् । सन् २०१४/०१५ को यो
सिजनामा सन् २०१५ मात्रै उनले २९ गोल गरेका छन् ।
ला लिगामा गोल गर्ने सवालमा रोनाल्डो र
बार्सिलोनाका मेसीबची संधै प्रतिस्पर्धा हुने गरेको
छ । यो सिजनमा ला लिगाका उपाधि मेसीको
टिम बार्सिलोनाले उचाले पनि ला लिगा गोलमा
भने रियलका रोनाल्डो अघि रहे । उनले मेसीले भन्दा
पाँच गोल बढी गरे । तर गोलका लागि सहयोग
गर्नमा भने मेसी अघि रहे । ला लिगामा मेसीले १८
गोलका लागि सहयोग गरेका थिए भने रोनाल्डोले
१६ गोलका लागि सहयोग गरेका थिए । श्रोत
अनलाइन खबर

0 comments:
Post a Comment