भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१० जेठ, काठमाडौं । नेपाली सेनाल भूकम्प
प्रभावितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप
उद्धार कोषमा सबा २४ करोड रुपैयाँ जम्मा गरेको छ ।
आइतबार प्रधानसेनापति गौरव समशेर जबराले २४
करोड २६ लाख रुपैयाँको चेक प्रधानमन्त्री सुशील
कोइरालालाई हस्तान्तरण गरे ।
प्रधानमन्त्री कोइरालाले ठूलो विपत्तिमा नेपाली
सेनाले प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत
वितरण र भग्नाबशेषहरु हटाउन प्रशंसनीय कार्य गरेको
बताए ।
प्रधानसेनापति जबराले यस पटकको भूकम्पमा हजारौं
नेपाली सेनाका बहालवाला र भूतपूर्व सैनिकहरुको
आवास भवन क्षतिग्रस्त भएको बताए ।
श्रोत अनलाईन खबर

0 comments:
Post a Comment