भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पोखरा, जेष्ठ १० - उपप्रधानमन्त्री एवं गृहमन्त्री
वामदेव गौतमले कालीगण्डकीमा पहिरोले बनेको
बाँध फुटेर एकैसाथ बाढी आउने खतरा नरहेको
बताएका छन् । म्याग्दीको बेनी–जोमसोम
सडकको राम्चेस्थित महभीरमा गएको पहिरोले
थुनिएको कालीगण्डकीको अवलोकनपछि गौतमले
ठुलो चट्टानहरु नदीमा परेकोले एकैपटक बगाएर
बाढी जान नसक्ने बताएका हुन् ।
प्रहरी र सशस्त्र प्रहरी प्रमुखसहित हवाइ
अवलोकनपछि पोखरा विमानस्थलमा झरेका
गौतमले भने, ‘पहाडका ठुला चट्टान खसेकोले एकैपटक
बाँध फुट्ने संभावना देखिन्न । बाँध भरिएपछि
पानी निस्कन थाल्छ । तल्लो तटीय क्षेत्रमा
बाढी भने जान सक्छ । त्यस क्षेत्रका बासिन्दा
सुरक्षितस्थलतर्फ गइसकेका छन्,’ उनले भने ।
पहिरोले नदिमा करिब ६० मिटर अग्लो बाँध
बनाएको जानकारी दिँदै उनले भने, ‘पहिरो
नरोकिएकोले त्यसलाई फुटाएर पानीको निकास
बनाउन कठिन भइरहेको छ ।’ गत वर्ष भोटेकोशी
थुनिँदा जसरी होशिसायरीसाथ तल्लो भेगमा
क्षति हुन नदिए झैं अहिले पनि सामना गरिने
गौतमले बताए । थुनिएको स्थलमा सेनाले पोष्ट
खडा गरिसकेको र तल्लो क्षेत्रमा प्रहरीले
बस्तीका बासिन्दालाई नदीबाट टाढा
पठाईरहेको उनले बताए ।
अहिलेसम्म पहिरोले २६ घर पुरिएको उनले बताए ।
यसअघि भूकम्पले ती घर पहिरोको खतरामा परेकोले
त्यहाँका बासिन्दा हटाईएकोले मानवीय क्षति
नभएको गौतमको भनाई छ ।
गौतम पहिरोस्थलको हवाई अवलोकनपछि ९
किलोमिटर टाढाको सदरमुकाम बेनीमा सुरक्षा
प्रमुखलाई निर्देशन दिएर फर्केका थिए ।

0 comments:
Post a Comment