भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
असार ०५ , मुम्बई । अहिले जेल जीवन बिताइरहेका
सञ्जय दत्तले त्यहाँबाट मुक्त भएपछि खलचरित्र
निर्वाह नगर्ने भएका छन् ।
‘ धेरै फिल्ममा खलनायक भएकाले पनि समाजले मलाई
नेगेटिभ पात्रको रुपमा हेरे जस्तो लागेको छ ।’
भारतीय समाचार संस्थासँग कुरा गर्दै उनले भनेका छन्
‘ अब म खलनायक भएर अभिनय गर्दिन ।’
उनी अब केही दिनपछि जेलमुक्त हुँदैछन् । जेलमुक्त भएपछि
खलनायक भएर अभिनय नगर्ने उनकी श्रीमती
मान्यताले पनि बताएकी छिन् । साथै उनले आम
निर्माता/निर्देशकलाई आग्रहको भाषामा भनेका
छन् ‘ सञ्जयले खलनायकको चरित्र निर्वाह गरेको कुनै
पनि फिल्मको प्रचार प्रसार नगरिदिनु होला ।’
सञ्जय जेलबाटमुक्त भए लगत्तै केही दिन परिवारसँग
बिताउने छन् भने त्यसपछि सुटिङमा जाने भएका छन् ।
राजकुमार हिरानी, उमेश शुक्ला र सञ्जय गुप्ताको
फिल्ममा उनले काम गर्ने सम्झौता गरिसकेका छन् ।
अनलाइन खबरबाट

0 comments:
Post a Comment