भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एसएलसी ठूलो परीक्षा हो तर हैन पनि । संसारमा
जति मान्छे छन्, ति सबैले एसएलसी पास गरेका छैनन् । म
पनि एसएलसीमा तीन पटक फेल भएँ । चौथो पटकमा
पास भएँ । मैले पढाईलाई नै निरन्तरता दिएको भए
मास्टर्स गर्थे होला, पिएचडी गर्थे होला । कुनै
सरकारी कार्यालयमा हाकिम हुन सक्थे होला । देश
चलाउने ठाउँमा पनि पुग्थे होला । तर त्यसो गरेको
भए म भित्र भएको सिर्जनशिलता त मथ्र्यो । मलाई
हिसाब र विज्ञान फिटिक्कै आउँदैन । तर नाटक,
फिल्म, धारावाहिकको ‘स्क्रिप्ट’ लेख्छु । अभियन
गर्छु । मेरो यो कामलाई मन पराउँनेहरु धेरै हुनुहुन्छ ।
एसएलसी फेल हुँदा धेरै निराश हुने भाइबहिनीहरुलाई
मेरो सुझाव छ– एसएलसी नै सबै कुरा होइन । एक पटक
फेल हुनुभो भने अर्को पल्ट प्रयास गर्नूस्, पास सजिलै हुन
सकिन्छ । आमाबुबासँग पनि सल्लाह गर्नूस्, अब कसरी
पढ्ने वा के गर्ने भनेर ।
संसारकै धनी र सूचना प्रविधिमा क्रान्ति गरेका
बिल गेट्स पनि कलेजमा फेल भएका थिए । तर उनको
क्षमता कलेजको शिक्षामा रहेनछ । उनको क्षमता त
उद्यमशीलतामा रहेछ । उनी आज संसारकै सबैभन्दा
धनी छन् । धेरै दान पनि गर्छन् । उनको दानबाट धेरैको
कल्याण भएको छ ।
धेरै बालबालिकाले पढ्न पाएका छन् । के यो यो
सफलता होइन ? सफ
लता भनेको एसएलसी पास मात्रै होइन । एसएलसीमा
फेल हुँदा आत्महत्या गर्ने जस्तो गम्भीर निर्णय लिने
भाइबहिनीहरु पनि हुनुुहुन्छ । एक पटक फेल हुँदा
आत्महत्या गर्नुपर्ने भए त मैले तीन पल्ट आत्महत्या
गर्नुपथ्र्यो । किनभने म एसलएसीमा तीन पल्ट फेल भएँ ।
तर मैले आत्महत्याबारे दिमागमा रत्तिभर पनि
सोचिन । असफलताले नै मानिसलाई सफल बनाउँछ ।
बालबालिकाको क्षमता अभिभावकहरुले पनि
चिनिदिनु पर्छ । कुनै विद्यार्थीलाई पढ्न रुचि हुँदैन
तर उसलाई व्यापारमा धेरै रुचि हुन्छ । त्यस्ता
विद्यार्थी फेल हुँदैमा के फरक पर्ला र ? उसले आफ्नो
रुचिको क्षेत्रमा काम गरेर नाम कमाउन सक्छ । पैसा
कमाउन सक्छ । म त फेल भएका भाईबहिनीहरुमा
नेपाली बिल गेट्स देख्छु ।source taja khabar

0 comments:
Post a Comment