भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, ४ असार– गत फागुन १० गते
बसन्तपुरमा ट्युशन पढ्न गएका दुई
किहोरीमाथि एसिड प्रहार भयो ।
संगिता मगरलाई लक्षित गरी प्रहार
गरिएको एसिड लागेर संगै रहेकी सीमा पनि
घाइते हुन पुगिन् । एसिड प्रहारबाट घाइते
संगितालाई उपचारका लागि अस्पताल
भर्ना हुन पर्यो । एसएलसीमा पनि उनी
अस्पतालबाट डिस्चार्ज नभएपछि उनलाई
राखिएको वीर अस्पतालबाट परीक्षा दिने
व्यवस्था मिलाइयो ।
परीक्षा दिएको ३ महिनापछि एसएलसीको
नतिजा सार्वजनिक हुँदा संगितालाई फेल
देखाएको छ । संगिताको सिम्बोल नम्बर
‘०३१२८९५ के’ मा नतिजा हेर्दा उनलाई
चारवटा विषयमा २५ का दरले प्रयोगात्मक
नम्बरमात्र दिएको पाईयो । सबै परीक्षा
दिएकी संगिताको प्रयोगात्मक बाहेक अन्य
विषयमा एक नम्बर पनि दिइएको छैन ।
यस विषयमा काठमाण्डु टुडेसँग कुरा गर्दै उनले
यो असम्भव भएको बताउँदै आफूले नतिजा पूनः
परिक्षण गर्ने बताईन् । उनले भनिन्, ‘मेरो सबैमा
जिरो नम्बर नआउनु पर्ने । म आफै अचम्म परेकी छु
। एकपटक फेरि नतिजा जाँच गर्ने सोचेकी छु
।’
उपचारका क्रममा संगिता मगर
0 comments:
Post a Comment