Home » » भक्तपुरकी रुबी श्रेष्ठ ‘नेपालटप’ भएको दाबी

भक्तपुरकी रुबी श्रेष्ठ ‘नेपालटप’ भएको दाबी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भक्तपुर, ४ असार । यसबर्षको एसएलसी परिक्षामा
भक्तपुरकी रुबी श्रेष्ठ सर्वोत्कृष्ट (नेपालटप) भएको
दाबी गरिएको छ ।
मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतन
अंग्रेजी विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम
प्रजापतिले आफ्नी छात्रा रुवी श्रेष्ठ ‘नेपालटप’
भएको दाबी गरे । उनका अनुसार, ०२८३०२७
सिम्बोल नम्बर भएकी रुबीले ७ सय ४३ अर्थात ९२.८७
प्रतिशत अंक प्राप्त गरेकी छिन् ।
रुवीले अनिवार्य गणितमा ९९, ऐच्छिक गणितमा
९८, कम्प्युटर विज्ञानमा ९७, विज्ञानमा ९६,
स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ९४,
अनिवार्य अंग्रेजीमा ९०, नेपालीमा ८५ र
सामाजिकमा ८४ अंक ल्याएकी छिन् ।
अहिलेसम्म दाबी गरिएको मध्ये रुबीले सबैभन्दा धेरै
नम्बर ल्याएकी छिन् । एसएलसीको नतिजा
सार्वजनिक हुनासाथ विभिन्न विद्यालयले
दाबी पेश गर्न थालेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved