भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी–अभिनेतृ हेन्जल किच यतिबेला फेरि
चर्चामा छिन । फिल्म बर्डिगार्डमा
करिनाकी साथीको भूमिकामा देखिएर
चर्चामा आएकी थिइन् । तर यसपटकको उनको
चर्चा भनेको प्रेम सम्बन्धको चर्चा हो ।
लण्डनमा जन्मेकी २७ वर्षीया हेन्जल यतिबेला
क्रिकेटर युवराज सिंहसँग प्रेमसम्बन्धमा
बाँधिएकी छन् । एक अंग्रेजी वेभसाइटका
अनुसार युवराज र हेन्जल केही समय पहिले
भेटिए पनि अहिले दुवै गहिरो मायामा
फसेका छन् ।
हेन्जल बिग बोसको सातौं शृंखलामा पनि
देखिएकी थिइन् । उनी सलमाल भनेर नै आफूले
बिग बोसमा भाग लिएको बताइन् ।
सलमानसँगको सम्पर्कले नै आफूले बिग बोसमा
सहभागीहुन सहज भएको उनको भनाई छ ।
उता युवराज संहको नाम पनि बलिउडका थुप्रै
अभिनेतृसँग जोडिँदै आएको पाइन्छ । किम
शर्मासँग लामो समयसम्म उनको अफयेर
चलिरहेको थियो पछि उनीहरुको विछोड
भएको थियो । कुनै समय उनको नाम
अहिलेकी जल्दीबल्दी नायिका दीपिका
पादुकोनसँग पनि जोडिएको थिायो ।
0 comments:
Post a Comment