Home » » एसएलसीको मौका परीक्षा साउन २० गतेबाट, विद्यार्थीलाई तयारीका लागि डेढ महिनाको समय

एसएलसीको मौका परीक्षा साउन २० गतेबाट, विद्यार्थीलाई तयारीका लागि डेढ महिनाको समय

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, ४ असार । परीक्षा नियन्त्रण
कार्यालय सानोठिमीले एसएलसी परीक्षा २०७१
को परीक्षाफल अपराह्न २ बजे सार्वजनिक गरेको
छ । कार्यालयले शिक्षा विभागमा आज
आयोजित पत्रकार सम्मेलनमा परीक्षाफल
सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रण कार्यालयले
आज प्रकाशित नतिजामा दुई विषयसम्म अनुत्तीर्ण
भएका परीक्षार्थीका लागि मौका
परीक्षाका रुपमा आगामी साउन २० गतेदेखि २७
गतेसम्म मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले यसपर्षको
परीक्षामा नियमिततर्फ ४७ दशमलव ४३ प्रतिशत र
आंशिकतर्फ १३ दशमलव ८० प्रतिशत परीक्षार्थी
उत्तीर्ण भएको जानकारी दिनुभयो । गतवर्ष भने
नियमिततर्फ ४३ दशमलव ९२ प्रशितत र एक्जाम्टेडतर्फ
१० दशमलव ९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण
भएका थिए ।
यसवर्ष नियमिततर्फ चार लाख पाँच हजार ३३८ र
आंशिकतर्फ एक लाख ३६ हजार ५१ जना गरी कुल
पाँच लाख ४१ हजार ३८९ जना परीक्षार्थीले
परीक्षा दिएका थिए ।
जसमा नियमिततर्फ एक लाख ९२ हजार २६७ जना र
आंशिकतर्फ १८ हजार ७७८ जना उत्तीर्ण भएका छन् ।
बढीमा दुई विषयसम्म अनुत्तीर्ण परीक्षार्थीका
बढीमा पाँच अङ्कसम्म थप गरेर उत्तीर्ण गराइएको छ
। जसमा पाँच अङ्क थप अर्थात ग्रेस दिएर १८ हजार
२०६ जना परीक्षार्थीलाई उत्तीर्ण गराइएको छ ।
परीक्षामा उत्तीर्ण भएकामध्ये नियमिततर्फ २१
हजार २४७ विशिष्ट श्रेणी, प्रथम श्रेणीमा ९०
हजार १७६, द्वितीय श्रेणीमा ७६ हजार ४८२ जना र
तृतीय श्रेणीमा चार हजार ३६२ जना उत्तीर्ण
भएका छन् । त्यस्तै पाँच हजार ९९ जना परीक्षामा
सहभागी नभएकोे, एक हजार १९९ जनाको
परीक्षाफल स्थगित गरिएको, ६१२ जनाको
परीक्षाफल रद्द गरिएको र ८३ जना परीक्षार्थी
निष्कासनमा परेका छन् ।
त्यसैगरी आंशिकतर्फ विशिष्ट श्रेणी दुई जना, प्रथम
श्रेणी ३४८ जना, द्वितीय श्रेणी १४ हजार ४१३
जना, तृतीय श्रेणी चार हजार १५ जना उत्तीर्ण
भएका छन् । त्यस्तै परीक्षा नदिएका नौ हजार २००
जना, स्थगित गरिएको २०९ जना, रद्द गरिएको
६८६ जना र ८३ जना निष्कासनमा परेका छन् ।
परीक्षामा नियमिततर्फ छात्र एक लाख नौ
हजार ४३ जना र छात्रातर्फ ८३ हजार २२४ जना
परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा विशिष्ट
श्रेणीमा छात्र १२ हजार ४२६ जना, छात्रा आठ
हजार ८२१ जना, प्रथम श्रेणीमा छात्र ५२ हजार
पाँच जना, छात्रा ३८ हजार १७१ जना, दोश्रो
श्रेणीमा छात्र ४२ हजार १७६, छात्रा ३४ हजार
३०६ जना, तृतीय श्रेणीमा छात्र दुई हजार ४३६
जना र छात्रा एक हजार ९२६ जना उत्तीर्ण भएका
छन् ।
आंशिकतर्फ विशिष्ठ श्रेणीमा छात्र एक र छात्रा
१ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा
छात्र १८५ जना, छात्रा १६३ जना, दोश्रो
श्रेणीमा छात्र छ हजार ५९८ जना, छात्रा सात
हजार ८१५ जना, तेस्रो श्रेणीमा छात्र एक हजार
९१६ जना र छात्रा दुई हजार ९९ जना उत्तीर्ण
भएका छन् ।
शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश
पण्डितले एसएलसी परीक्षाको नतिजा सन्तोषप्रद
नभएको बताउनुभयो । एसएलसी परीक्षाको
नतिजा सार्वजनिक गरेपछि सञ्चारकर्मीसँग कुरा
गर्दै उहाँले परीक्षार्थीमध्ये ५० प्रतिशत पनि
उत्तीर्ण सङ्ख्या नपुगेको अवस्थामा नतिजालाई
सन्तोषजनक मान्न सकिँदैन भन्नुभयो ।
उहाँले औषतमा विगत तीन वर्षदेखि उत्तीर्ण
प्रतिशत बढ्दै गएपनि सन्तोषप्रद नभएकाले अझै मेहनत
गर्नुपर्ने बताउनुभयो । सचिव पण्डितले शिक्षकले
राजनीति छाड्दै गएर गुणस्तरीय शिक्षा दिनेतर्फ
ध्यान दिएकाले यसवर्ष नतिजा प्रतिशत अझ बढेको
दाबी गर्नुभयो ।
सचिव पण्डितले भन्नुभयो, “शिक्षक शिक्षक नै
हुनुपर्छ, राजनीतिक दलका कार्यकर्ता हुनु हँुदैन भनेर
आह्वान गरेका थियौँ, पछिल्लो समयमा धेरै
शिक्षक पनि राजनीति कार्यकर्ता बन्न छाडेर
विद्यालयको कक्षामै बिताउन थालेका छन्,
यसको प्रमाण नतिजामा भएको प्रगति नै हो ।”
अहिले शिक्षकले गुणस्तरीय रुपमा बढी पढाउन
थालेको, विद्यार्थीमा पढ्नु पर्छ भन्ने र
अभिभावकमा पनि पढाउनुपर्छ भन्ने चेतना बढेकाले
नतिजामा प्रगति भएको उहाँको भनाइ छ ।
संस्थागत विद्यालयमा प्रि˗प्राइमरी कक्षा
भएकाले पढाइ राम्रो हुने गरेको जिकिर गर्दै उहाँले
सामुदायिक विद्यालयमा पनि प्रि˗प्राइमरी
कक्षा सुरु गरेकाले पछिल्ला वर्षहरुमा अझै
शिक्षामा गुणस्तर र नतिजामा थप प्रगति हुने
उहाँले दाबी गर्नुभयो ।
त्यसैगरी परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले
एसएलसी परीक्षामा गत वर्षभन्दा यसवर्षको
नतिजामा ३ दशमलव ५१ प्रतिशतले वृद्धि भएको
बताउनुभयो । २०७० सालको परीक्षामा ४३ दशमलव
९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकामा २०७१
सालको परीक्षामा ४७ दशमलव ४३ प्रतिशत
परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यसवर्षको नतिजामा सामुदायिक विद्यालयतर्फ
उत्तीर्ण सङ्ख्या गत वर्षभन्दा पाँच प्रतिशतले
वृद्धि भएको र संस्थागत विद्यालयतर्फ भने एक
प्रतिशत घटेको परीक्षा नियन्त्रक द्वारेले
जानकारी दिनुभयो । यसवर्ष सामुदायिकतर्फ
तीन लाख दुई हजार ३९९ जना परीक्षार्थी
सहभागी भएकामा एक लाख ३४२ जना अर्थात ३३
दशमलव १८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका
उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी संस्थागत विद्यालयतर्फ भने एक लाख दुई
हजार ९३९ जना परीक्षार्थी सहभागी भएकामा
९१ हजार ९२५ अर्थात ८९ दशमलव ३० प्रतिशत
परीक्षार्थी उत्तीर्ण भएको नियन्त्रक द्वारेले
जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रक द्वारेले यसवर्षको नतिजामा
उत्तीर्ण प्रतिशत बढ्नुमा शिक्षा मन्त्रालयले
विद्यालयमा राम्रा कार्यक्रम लगेको, यसवर्ष
शिक्षक सेवा आयोगबाट १५ हजार विषयगत एवम्
योग्य शिक्षक विद्यालय पठाएको, शिक्षा
विभागले विद्यालयको अनुगमनमा कडाइ गरेका
कारण उत्तीर्ण सङ्ख्या बढेको बताउनुभयो ।
परीक्षा धेरै नै मर्यादित र व्यवस्थित रुपमा
सञ्चालन भएका कारण पनि नतिजा प्रतिशत
बढेको दाबी गर्दै उहाँले विद्यार्थीको
लगनशीलता, अभिभावकको चेतनामा वृद्धिले पनि
परीक्षाको नतिजा सुधारोन्मुख भएको टिप्पणी
गर्नुभयो । यसवर्षको परीक्षामा पनि विगतमा
जस्तै गणितमा सबैभन्दा बढी त्यसपछि विज्ञान र
अङ्ग्रेजीमा बढी अनुत्तीर्ण भएको उहाँको भनाइ
छ ।
गत चैत्त ६ गतेदेखि १६ गतेसम्म सञ्चालित
परीक्षामा कुल एक हजार ८६२ वटा परीक्षा
केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
देशभरका ६८ वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण
भएको थियो ।dainiknepal.com

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved