Home » » क्यानलाई पद्धतिमा चलाउन साधारणसभा प्रतिनिधिको माग

क्यानलाई पद्धतिमा चलाउन साधारणसभा प्रतिनिधिको माग

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक
साधारणसभा लम्बिएको छ। राजधानीमा शुक्रबार
भएको साधारणसभा बिना निष्कर्ष स्थगित भएको
छ।
'दुई वर्षपछि पहिलो पटक साधारणसभा भएकाले धेरै
विषयमाथि छलफल गर्नुपर्ने थियो। यसैले गर्दा समय
लम्बिएको हो' क्यानका कार्यवाहक महासचिव
उत्तम कर्माचार्यले अन्नपूर्णसँग भने।
पहिलो दिन क्यानका कार्यवाहक अध्यक्षले
वार्षिक नीति, कार्यवाहक महासचिवले प्रगति
विवरण र कार्यक्रम तथा कोषाध्यक्षले आर्थिक
आयव्यय प्रतिवेदन पेस गरेका थिए।
यी सबै विषयमा छलफल हुने क्रममा जिल्ला तथा
क्षेत्रका प्रतिनिधिले तीनवटै विषयमा आलोचना
गर्नुका साथै आपत्तिसमेत जनाएका थिए।
'प्रतिनिधिहरूको माग क्यान पद्धतिमा चल्नुपर्छ,
कार्यक्रम नियमित हुनुपर्छ, पारदर्शिता हुनुपर्छ भन्ने
छ।
उहाँहरूले सकारात्मक आलोचना गर्नुभएको छ' क्यान
स्रोतले भन्यो। स्रोतका अनुसार क्यानमा
पदाधिकारीबीच मनपरी चलेको र एकले अर्कालाई
नटेरेको भन्दै प्रतिनिधिले आलोचना गरेका थिए।
साधारणसभामा आर्थिक नियमावली र कर्मचारी
नियमावली पनि पेस भएको छ। 'दुवै विषय महत्त्वपूर्ण
भएकाले यस विषयमा छलफल भइरहेको छ' क्यानका
कार्यवाहक अध्यक्ष दीपक कोइरालाले भने।
आर्थिक अधिकारी विनियोजनलगायत विषय
नियमावलीमा छ। साधारणसभामा नौ क्षेत्रका १८
जना, जिल्लाका ३८ जना र केन्द्रका १७ सहित केही
प्रशिक्षक र अम्पयारको पनि सहभागिता रहेको
थियो। कार्याहक अध्यक्ष कोइराला आफैंले
साधारणसभाको उद्घाटन गरेका थिए।
आधा घन्टा पनि टिकिनन् सीईओ
लामो समयपछि भएको क्यानको साधारणसभामा
पहिलो दिन यसै वर्ष नियुक्त भएकी प्रमुख
कार्यकारी अधिकृत भावना घिमिरे आधा घन्टा
पनि टिकिनन्।
उनी साधारणसभामा अनुहार देखाएर फर्किहालिन्।
'मैले मेरो आवश्यकता त्यहाँ देखिनँ। अरूले पनि म त्यहाँ
नबसे पनि हुन्छ भनेपछि त्यहाँबाट निस्किएकी हुँ'
सीईओ घिमिरेले भनिन्।
घिमिरेले पाँचवर्षे रणनीति क्यान बोर्ड बैठकमा केही
समयअघि प्रस्तुत गरे पनि त्यसलाई त्यसपछिका बोर्ड
र यसै साधारणसभामा समेत एजेन्डा बनाइएको छैन।
क्यानमा करिब आठ महिनाअघि नियुक्त भएलगत्तै
घिमिरेसँग बोर्डले योजना माग गरेको थियो।
स्रोतका अनुसार घिमिरेको पाँचवर्षे रणनीतिबारे
शुक्रबार अन्नपूर्णमा समाचार प्रकाशित भएपछि
स्वयम् बोर्ड पदाधिकारी उनीसँग रुष्ट भएका थिए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved