भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
असार ०५, धनगढी : २०७१ साल चैत ७ गते
सानीआमासँग काठमाडौं बसेर व्युटीपार्लरमा काम
सिक्छु भनेर हिँडेकी कैलालीको प्रतापपुर गाविस
खरौलाकी २४ वर्षीया दुर्गाकुमारी खनाल कुवेत
पुर्याइएकी छिन् । एक महिनापछि कुवेत पुगेर बन्धक
जस्तै भएकी दुर्गाले बुबा छविलाल खनाललाई फोन
गरेर आफू बेचिएको बताएकी हुन् । ‘ मलाई बॉकेको
रॉझा चौराहा नजिक घर भएका मोहनलाल विकले
झापा, भारतको बैङलोर एयरपोर्ट हुँदै कुवेत पुर्याएका
छन्, ’ खनालले फोनमा भनेको कुरा उद्धृत गर्दै बुबा
छविलालले भन्नुभयो , ‘ कुवेतको फण्डल अहमद व्लक नम्बर
१ , गल्ली नम्बर १२३ , घर नम्बर ८ मा छु भनेकी छ ।’
दुर्गाको फोनका आधारमा मोहनलालको फोन
नम्बर ९८११६७१४१ मा कुरा गर्दा एभरेष्ट बैंक नेपालगंज
शाखामा रहेको खाता नम्बर ०१९००५०१००००३० मा
३५ हजार रुपैया पठाई दिए फिर्ता बोलाई दिने
भनेपनि पछिल्लो समय त्यो फोन बन्द रहेको
छविलालले बताउनुभयो । छोरी बेचिएको शंका
लागेर खनालले विक विरुद्ध २०७२ बैशाख २७ गते
इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी
दिएपनि केही नभएपछि जेठ १५ गते जिल्ला प्रहरी
कार्यालय कैलालीमा पनि उजुरी दिएका छन् । तर
विकलार्य पक्राउ गरिएको छैन ।
एकहप्ता अघि आफूलाई माया नाम बताउने नेपाली
युवतीले कुवेतको फोन नम्बर २३९२८८०८ बाट फोन गरी
तीनलाख रुपैया पठाए दुर्गालाई फिर्ता गरिदिने
बताएकी उहाँका भाइ आत्माराम खनालले
बताउनुभयो । खनालका अनुसार मोहनलालले दमक
नगरपालिका– १० झापाका मिलन बुढाथोकीलाई
पठाउने गरेको र उनले काठमाडौंमा होटल चलाउँदै
बसेकी कल्पनासँगको सॉठगॉठमा भारतको बाटो
कुवेत पुर्याउने गरेका छन् ।
अहिले बुढाथोकी र कल्पनाले प्रयोग गर्ने नम्बर पनि
बन्द छन् । आठ कक्षा मात्र पढेकी आफ्नी छोरी
एकाएक कुवेतमा पुगेको खबरले आमा देवीकला पनि
चिन्तित छिन । ‘ केही महिनाअघि बुबासँग पैसा त
मागेकी थिई , त्यसैबेला पासपोर्ट बनाइ होली , ’
व्युटीपार्लर सिक्छु भनेर हिँडेकी छोरी कुवेत पुगिछ, ’
देवीकलाको चिन्ता छ , ‘ छोरीको ज्यान फर्किएला
कि नफिर्किएला ? मोहनलाललाई प्रहरीले किन
नपक्रेको होला ? उज्यालो अनलाइनबाट

0 comments:
Post a Comment