भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । संसारमा कस्ता कस्ता अनौठा प्रचलन
छन् त्यो त यो घटनाले देखाउछ ।
अफ्रीका महादेशमा रहेको देश कैमरूनको बफुट क्षेत्रका
राजा एबुम्बी-२ का करिब १०० श्रीमती छन् ।
यिनमा ७२ महिला त पहिला उनका पिताका
श्रीमती थिए, त्यसपछि स्थानीय परम्परा अनुसार
राजाका छोराले पिताका रानीसँग विवाह गरे ।
किनकि परम्परा अनुसार राजाले प्रयोग
गरिसकेपछि उनका छोराले सबै श्रीमतीलाई आफ्नो
बनाउनुपर्छ ।
११औं राजाका ५०० छोराछोरी
परम्परा अनुसार, कैमरूनमा बहुविवाह प्रथालाई
अहिले पनि कानूनले मान्यता दिएको छ, र देशका
ग्रामीण भागमा अधिकांश पुरुषका कैयौं श्रीमती
हुन्छन् । १९६८ मा एबुम्बी-१ का पिताको मृत्यु भएको
थियो र त्यसपछि उनलाई बफुट क्षेत्रका ११औं राजा
बनाइएको थियो । उनका करिब ५०० छोराछोरी
छन् ।
संस्कार सिकाउने परम्परा
राजाकी तेस्री श्रीमतीले एक समाचारपत्रसँग
कुराकानी गर्दै भनेकी छिन कि जून तरिकाबाट
एउटा सफल व्यक्तिको पछाडि निष्ठावान
महिलाको हात हुन्छ । त्यसै गरी राजाका लागि
उनकी श्रीमतीहरुको पनि अहम योगदान हुन्छ ।
त्यसकारण यहाँको परम्परा अनुसार अधिक उमेरका
श्रीमतीले कम उमेरका श्रीमतीलाई संस्कार
सिकाउने गर्छन् र राजालाई पनि संस्कार
सिकाउछन् किनकि उनी राजकुमारबाटै राजा
बनेका हुन्छन् ।
- परम्पराको विरोध
यद्यपी कैमरूनमा अहिले बहुविवाह परम्पराको
विरोध हुन थालेको छ । एकदमै कम व्यक्तिहरु छन्, जो
यो परम्पराको पक्षमा छन् । तर पनि यहाँका
राजाको मान्यता छ कि आफ्नो परम्परा र
संस्कृतिलाई बचाउने उनको कर्तव्य हो । राजाले
भनेका छन्–‘मेरा लागि सबै श्रीमतीको एकदमै
आवश्यकता छ ।’ एजेन्सी

0 comments:
Post a Comment