Home » » आजको राशिफल...

आजको राशिफल...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वि.सं.२०७२ साल असार ५ गते। शनिबार। इश्वी
सन् २०१५ जुन २० तारिखको राशिफल...

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
(Aries)
पारिवारिक
भेटघाटको समय छ।
टाढिएका आफन्तहरू
नजिकिनेछन्। घरमा बसेरै
विभिन्न काम सम्पादन
गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट
होला। सरसफाइ, वागबगैंचा र
जलसम्बन्धी काममा आकर्षित भइनेछ।
कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय
छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन
रमाउनेछ। चिन्तन–मनन, ध्यान वा
रचनामा रुचि बढ्नेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
(Taurus)
सानो प्रयत्नले पनि
राम्रो फाइदा उठाउन
सकिनेछ। कृषिकर्म र
व्यावसायिक काममा
केही लगानीपछि
फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका
छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र
व्यापारमा विशेष फाइदाको योग छ।
प्रतिस्पर्धी परास्त होलान्।
सहयोगीहरूले राम्रै साथ दिनेछन् र
काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ
काममा हात हाल्ने समय छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
(Gemini)
सजिलै काम बन्नाले
उत्साह जाग्नेछ। सानो
प्रयत्नले ठूलो काम
सम्पादन हुनेछ। एउटै
कामबाट दोहोरो लाभ
मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा
पुग्न सक्छ। सहयोगीहरूले काममा साथ
दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन
लाभ हुनेछ। रोकिएका काम सम्पादन
हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष
सभा–समारोहमा सहभागी बन्ने मौका
छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
(Cancer)
विगतको सफलताले थप
काम गर्न हौसला
मिल्नेछ। नयाँ कामको
प्रस्ताव आउनेछ।
तपाईंलाई अभिप्रेरित
गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्ये धन आर्जन
होला। नयाँ काम सुरु गर्ने समय छ।
रमाइलो जमघटका बीच स्वादिष्ट
भोजनको आनन्द पाइएला।
परिस्थितिअनुसार चल्न नसक्दा केही
मौका गुमाउनुपर्ला। टाढिएका
आफन्तको यादले पिरोल्नेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
(Leo)
केही मात्रामा खर्च
बढ्नेछ। काममा
लगानीको समय छ। समय
र नियमलाई बेवास्ता
गर्दा चुनौती
आइलाग्लान्। दण्ड वा जरिवानामा
परिने सम्भावना छ। छर–छिमेकमा
असमझदारी बढ्न सक्छ। आफन्तजनबाट अलि
टाढिनुपर्ला। प्रतिस्पर्धाबाट सामान्य
फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ
लिने मौका छ। स्थानान्तरण वा
टाढाको यात्रा सम्भावना छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
(Virgo)
आम्दानी बढ्ने र उठ्नुपर्ने
रकम हातलागी हुने समय
छ। कृषि तथा
पशुपालनमा त्यति लाभ
नभए पनि व्यापारमा
प्रशस्त फाइदा हुने योग छ। गरेका
कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित
मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ।
समय उत्साहवदर््धक रहला। नयाँ ज्ञान
प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट
विशेष फाइदा हुनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
(Libra)
आफ्नो क्षेत्रमा प्रभुत्व
जमाउन सकिनेछ। दाम,
इनाम र प्रतिष्ठा
कमाउने बेला छ।
सामाजिक कामको
दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक
सम्पत्तिबाट लाभ मिल्ने योग छ।
व्यापारमा प्रशस्त फाइदा हुनेछ।
काममा मातापिताको सहयोग प्राप्त
होला। प्रतिष्ठित काम गर्ने मौका छ।
अरूलाई प्रभावित पारेर काम बनाउन
सकिने समय छ
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या,
यि, यु (Scorpio)
समुदायको हितमा
राम्रै काम गर्न सकिनेछ।
सामाजिक
उत्तरदायित्व वहन गर्दै
फाइदा हुने काम र
जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो
वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ।
धेरैले तपाईंका कामको तारिफ गर्नेछन्।
कीर्तिमानी काम गर्ने समय छ। दाम,
इनाम र प्रतिष्ठा कमाउने बेला छ।
सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम
सजिलै बन्नेछन्।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
(Sagittarius)
अप्ठ्यारो
परिस्थितिमा पनि
केही काम बन्नेछन्।
प्रयत्न गर्दा समयको
सदुपयोग हुनेछ।
सहयोगीहरूले काममा तत्परता देखाउनेछन्।
आस मारेको फल पुनः प्राप्त हुन सक्छ।
गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ।
तर, सानातिना काम र घरेलु समस्यामा
अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि
कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती
सामना गर्नुपर्ला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा,
गि (Capricorn)
परिवारजनको साथले
नयाँ आशा पलाउनेछ।
सुखदुःखमा साथ दिनेहरू
प्रशस्तै भेटिनेछन्।
कामको चाप र
थकाइबाट मुक्त रही विश्राम पाइनेछ।
प्रेम र मित्रताको बन्धन कसिनुका साथै
दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न
सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि
राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान
पाइने समय छ। रमाइलो यात्राको समेत
मौका छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
(Aquarius)
रोकिएका काम बन्नाले
उत्साह जाग्नेछ। संघर्ष
गरेरै अधिकार स्थापित
गर्न सकिनेछ। शत्रुहरू
किनारा लाग्नेछन्।
प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
व्यापारलगायत आर्थिक लाभ हुने
काममा राम्रै फाइदा हुनेछ। तपाईंको
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन
सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि
बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम
बनाउन सकिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
(Pisces)
बौद्धिक कार्यबाट
धनलाभ हुनेछ। आफ्नो
प्रतिभा अरूलाई देखाउन
सकिनेछ। गुरुजनको विशेष
सहयोग जुट्नेछ। प्रयत्न
गरेका काम ढिलै सम्पादन भए पनि
उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा
प्रगति हुनेछ। पेटको खराबीले स्वास्थ्य भने
कमजोर रहला। व्यावसायिक काम
बीचमा अवरुद्ध बन्न सक्छ। सन्तानका
माध्यमबाट काम बन्ने देखिन्छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved