Home » » फेल भएपछि लक्ष्मीले आत्महत्या गरिन...

फेल भएपछि लक्ष्मीले आत्महत्या गरिन...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मोरङ : शुक्रबार सार्वजनिक एसएलसी परीक्षामाको
नतिजामा अनुत्तिर्ण भएपछि मोरङमा एक
किशोरीले आत्महत्या गरेकी छन् ।
एसएलसीमा फेल भएपछि मोरङको उर्लाबारीकी–७
की १७ वर्षीया लक्ष्मी खड्काले शुक्रबार साँझ
झुन्डिएर आत्महत्या गरेकी हुन् ।
स्थानीय सुनपकुवा उच्च माविबाट २०७१ को
एसएलसी दिएकी उनी विज्ञान बिषयमा अनुत्तीर्ण
भएकी थिइन् ।
विज्ञानमा फेल भएको खबर पाएछि निराश बनेकी
उनको शव शुक्रबार साँझ साढे ६ बजे झुण्डिएको
अवस्थामा स्थानीयबासीले घरैमा भेटाएका
उर्लाबारीबाट स्थानीय पत्रकार तेजन खड्काले
जानकारी दिएका छन् ।
खड्काले अस्थायी प्रहरी चौकी उर्लाबारीेका
प्रहरी सहायक निरीक्षक भीमबहादुर भुजेललार्इ उधृत
गर्दै जानकारी दिए अनुसार उनको शव
पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र
मंगलबारेमा राखिएको छ ।
पढाइमा तेज दिमागकी लक्ष्मीले यो एसएलसीमा
राम्रो अंक ल्याएर पास हुने कुरा साथी र
नातागोतालाई बताउँदै आएकी थिइन् । लक्ष्मी
हजुरआमासँग बसेर पढ्दै आएकी थिइन् । उनकी आमा
गोमा खड्का रोजगारीका लागि विदेशमा छिन् ।
लक्ष्मीका बाबुले भक्तबहादुर खड्काले पनि झण्डै डेढ
बर्षअघि आत्यहत्या गरेर मरेको खुल्न आएको छ ।

Source:- Annapurna.com

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved