Home » » प्रधानमन्त्री कोइराला एसएलसीमा पास कि फेल ?

प्रधानमन्त्री कोइराला एसएलसीमा पास कि फेल ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाण्डु, ६ असार– एसएलसीको
परीक्षाफल प्रकाशित भएलगत्तै यतिबेला धेरै
विद्यार्थीहरुमा को पास को फेल, कसको
कति प्रतिशत अंक आयो भन्ने चासो र चर्चा
भइरहेको छ । आम मानिसको कुरा छाडौं,
हाम्रो देशका प्रधानमन्त्री सुशील
कोइराला एसएलसीमा पास होलान् कि
फेल ?
प्रधानमन्त्री कोइरालाले संसद
सचिवालयमा बुझाएको व्यक्तिगत
विवरणमा उनले आफ्नो शैक्षिक योग्यता
कति हो, उल्लेख गरेकै छैनन् । शैक्षिक योग्यता
उल्लेख नगरेपछि अध्ययनको विषय उल्लेख गर्ने
कुरै भएन । संसद सचिवालयले मागेको
व्यक्तिगत विवरणका १८ शिर्षक मध्ये
प्रधानमन्त्री कोइरालाले शैक्षिक योग्यता,
आमाको नाम, विदेश भ्रमण लेख्न छुटाएका छन्

संसद सचिवालयमै उनले आफ्नो विवरण उल्लेख
नगरेपछि उनी एसएलसीमा फेल हुन कि पास
हुन् भन्न गाह्रो छ । प्रधानमन्त्री
कोइरालाको एसएलसीको कुरा मात्रै होइन
उनको जन्मकुण्डली पनि छैन । धेरै वर्ष अघि
जन्मकुण्डली राखेको बाकस चोरी भयो ।
त्यसपछि प्रधानमन्त्री कोइरालाको जन्म
कुन समयमाभएको थियो, रहस्य नै बन्यो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved