भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
नेपालगन्ज, असार ०५ - बाँकेको बागेश्वरी ७ का ४६
वर्षका हर्कसिंह बिकको उच्च शिक्षा पढ्ने धोको
यो पटक पनि पुरा भएन् ।
शुक्रबार प्रकाशन भएको एसएलसीको नतिजामा
अनुत्तीर्ण भएपनि उहाँलाई कुनै दुःख छैन । उहाँ
योसहित एसएलसीमा २२ पटक अनुत्तीर्ण हुनु भएको छ ।
२ भन्दा बढी विषय लागेका कारण उहाँले पूरक
परीक्षामा सहभागी हुने अवसर समेत पाउनु भएको छैन ।
उच्च शिक्षा अध्ययन गर्ने आफ्नो धोको पुरा गर्नका
लागि यस बर्षपनि एसएलसीमा सहभागी भएको तर
परीक्षामा अनुत्तीर्ण भएपनि आफूलाई कुनै दुःख ,
पश्चताप र निराश अनुभव नभएको बताउनुभयो ।
परीक्षामा कहिले काहिँ असफल भए भन्दैमा आत्तिन
नहुने बताउँदै विकले आगामी परीक्षामा अझ बढि
मेहनत गरेर सहभागी हुने बताउनुभयो । ‘ प्रयास गर्दै गयो
भने एक दिन अवश्य सफल भइन्छ ।’ बिकले भन्नुभयो ‘ दृढ
बिश्वासका साथ लक्ष्यमा पुग्न प्रयास गर्नुपर्छ ।’
गतिलो तयारी नगरी परीक्षामा सहभागी भएको
बताउँदै बिकले भन्नुभयो ‘ अबको एसएलसीमा भने ट्युसन
पढ्छु र घरमा पनि बढि मिहेनत गरेर परीक्षामा
सहभागी हुन्छु ।’ जानकी उच्च मावि खजुराखुर्दका
एक्जाम्टेडतर्फका परिक्षार्थी विकले आदर्श उच्च
मावि खजुरा एकनम्बर केन्द्रबाट एसएलसी परीक्षा
दिनुभएको थियो ।
विक पहिलोपटक २०४९ सालको एसएलसी परीक्षामा
सरस्वती मावि नेपालगन्जबाट नियमिततर्फका
परिक्षार्थी हुनुहुन्थ्यो । उच्च शिक्षा अध्ययन गर्ने
धोको पुरा गर्नका लागि विकले पछिल्लो समय तीन
वर्षदेखि नियमित परीक्षा दिँदै आउनुभएको छ ।
५० बर्षसम्म अध्ययन गर्ने लक्ष्य रहेको उहाँ बताउनुहुनछ ।
बागेश्वरी गाविस ८ मा रहेको ख्रिष्टिय
सामुदायिक सेवा मण्डलीका पाश्चर समेत रहेका विक
२०४९ सालको स्थानीय निकायको निर्वाचनमा
नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार
पनि बन्नुभएको थियो । उहाँ अविवाहित हुनुहुन्छ र
एक्लै बस्दै आउनु भएको छ । उज्यालो अनलाइनबाट

0 comments:
Post a Comment