भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मोन्टेरी (मेक्सिको), ५ असार । मेक्सिकोको उत्तरी
भागमा शुक्रबार बन्दुकधारीहरूले एक बियर
व्यवसायमा आक्रमण गरी दिउसै १० व्यक्तिको हत्या
गरेको र केही व्यक्तिलाई नाङ्गो रूपमा छोडेको
अधिकारीहरूले जानकारी दिएका छन् ।
उक्त आक्रमण दुई समूहबीच शत्रुताका कारण भएको
देखिएको अधिकारीहरूले बताएका छन् ।
मोन्टेरी औद्योगिक केन्द्रबाहिर अवस्थित
गार्सिया नगरपालिकाको एक बियर वितरण
केन्द्रमा केही व्यक्तिहरू दुई गाडीमा आई आक्रमण गर्न
थालेको सरकारी वकिलहरूले बताएका छन् ।
सरकारी महान्यायाधीवक्ता ह्याभियर फ्लोरेसले
यो गोली प्रहार दुई आपराधिक समूहबीच भएको र
अनुसन्धान यसैमा आधारित भएको बताए । उनले
घटनास्थलमा सात किलो गाँजा फेला परेको उल्लेख
गरे ।
सात व्यक्तिको घटनास्थलमै मृत्यु भएको र उनीहरू
कोही नाङ्गो वा अर्ध नाङ्गो अवस्थामा फेला
परेको उनले जानकारी दिए । अन्य तीन व्यक्तिको
अस्पतालमा मृत्यु भएको थियो ।
उनले मृतकहरूलाई नै छानेर आक्रमण गरिएको र बियर
वितरण केन्द्रका अन्य कर्मचारीहरूलाई छोडिएको
बताए ।
उनले मृतकहरू आपराधिक क्रियाकलापमा संलग्न भएको
विषयमा आफू निश्चित नभएको तर उनीहरूमाथि
आक्रमण भएको अवस्था हेरी उनीहरू त्यस्तो
क्रियाकलापमा संलग्न भएको देखिएको बताए ।
सरकारी अनुसन्धानकर्ताहरूले आफ्नो परिचय नदिने
सर्तमा जेटाज लागुपदार्थ व्यापारीहरूले आफ्नो
व्यापारका लागि उक्त क्षेत्र उपयोग गरेको
बताएका छन् ।
प्रहरीले गाँजाका साथमा एक बन्दुक तथा १० वटा
गोली फेला पारेका छन् । अर्का अधिकारीले
आक्रमणकारीले १० हजार पेसो लुटेर लगेको बताए ।

0 comments:
Post a Comment