Home » » '१६ बुँदेविरुद्ध प्रश्न उठाउने अधिकार सर्वोच्चलाई छैन'

'१६ बुँदेविरुद्ध प्रश्न उठाउने अधिकार सर्वोच्चलाई छैन'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं: सर्वोच्च अदालतको फैसलापछि
बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको
बैठकले १६ बुँदे सहमतिविरुद्ध अन्तरिम आदेश दिने
सर्वोच्च अदालतको निर्णय क्षेत्राधिकारभन्दा
बाहिर रहेको निश्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा
बसेको बैठकमा प्रधानमन्त्री सुशील कोइरालासहित
कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका
शीर्ष नेताहरुको सहभागिता थियो ।
लामो विवादपछि संघीयतालाई टुंगो लगाउने गरी
भएको १६ बुँदे सहमति कानुनी नभएर राजनीतिक
दस्तावेज भएकोले यसलाई न्यायिक पुनरावलोकनमा
समावेश गरेर अदालतले फैसला गर्नु उचित नभएको ठहर
गरेको स्रोतले बतायो ।
बैठकपछि एमाओवादीका नेता नारायणकाजी
श्रेष्ठले भने, सर्वोच्चले आफ्नो क्षेत्राधिकार बाहिर
गएर फैसला गरेको छ । संविधान निर्माण कुनै हालतमा
रोकिदैन । बैठकमा संविधान निर्माणलाई अन्योलमा
पार्ने गरी यस्तो आदेश सुनाउने न्यायाधीशको
कार्यक्षमताका बारेमा प्रश्न उठाइएको थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved