भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, २८ जेठ – सरकारले सरकारी
मेडिकल कलेजबाट स्नाकोत्तर एवं सो भन्दा
माथिल्लो तहको पढाई नि ःशुल्क गर्ने
भएको छ । सो तहको पढाई हुने सरकारका
तीन प्रतिष्ठानलाई परिपत्र गरेर यसै शैक्षिक
सत्रदेखि पठनपाठन निःशुल्क हुनेछ ।
सोसम्बन्धी व्यवस्था मिलाउन मुख्य
सचिवस्तरीय निर्णय भई १५ दिनभित्र
कार्यविधि बनाउन समितिसमेत गठन
भईसकेको छ ।
स्वाथ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.
पदमबहादुर चन्द संयोजकत्वको समितिले
कार्यविधि तयार नभइसकेको अवस्थामा
पनि तत्काल कुनै पनि शुल्क नलिन तीनवटै
सरकारी संस्थालाई परिपत्र गर्न सिफारि
गरिसकेको छ ।
हाल सरकारी तथा चिकित्सा विज्ञान
राष्ट्रिय प्रतिष्ठान (न्याम्स),
चिकित्साशास्त्र अध्ययन सस्थान(अइओएम) र
बिपी कोइराला स्वाथ्य विज्ञान
प्रतिष्ठान (बिपिकेआइएसएच) धरानमा
स्नाकोत्तर र सो माथिको तहमा पढाई हुन्छ
। सरकारी कलेजमा निःशुल्क पिजी पढ्ने
चिकित्सकले २–३ वर्ष सरकारले खटाएको
ठाउँमा गएर अनिवार्य सेवा गर्नुपर्नेछ ।
नागरिक दैनिकबाट
0 comments:
Post a Comment