भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, साउन ७ ,
यातायात कार्यालय ललितपुरमा प्रहरी छापा
मारेको छ। ललितपुरको एकान्तकुनास्थित यातायात
कार्यालय र ताल्छिखेलमा प्रहरीले बिहीबार
बिहान छापा मारेर ४१ जनालाई नियन्त्रणमा
लिएको छ।
ललितपुर प्रहरीले गरेको छापाबाट कार्यालय
परिसरमा रहेका ‘दलाल’ हरूलाई नियन्त्रणमा
लिएको हो। प्रहरीले यातायात कार्यालय
एकान्तकुनाबाट २१ र ताल्छिखेलबाट २० जनालाई
नियन्त्रणमा लिएको हो। साथै प्रहरीले उनीहरूको
कागजात पनि नियन्त्रणमा लिएको छ।

0 comments:
Post a Comment