Home » » ओभर टेक गर्न खोज्दा नख्खुमा डरलाग्दाे दुर्घटना......

ओभर टेक गर्न खोज्दा नख्खुमा डरलाग्दाे दुर्घटना......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

ललितपुरको नख्खु चोकमा आज साँझ डरलाग्दाे
सवारी दुर्घटना भएको छ।
कोटेश्वरबाट सिरहाका लागि छुटेको ना ५ ख ३७४४
नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ५१
प ५८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको
दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल
चालक रौतहटका १८ वर्षीय आकाश थिङको दाहिने
खुट्टा घुँडाभन्दा मुनी छुट्टिएको छ।
मोटरसाइकलमा पछाडि बसेका अदमान थिङको पनि
खुट्टामा चोट लागेका छ। दुर्घटना भएलगत्तै पुगेको
प्रहरी टोलीले घाइते दुवैलाई बिएण्डबी अस्पताल
लगेको डिएसपी किसनसिंह थापाले सेतोपाटीलाई
जानकारी दिए।
खुट्टा जोड्न मिल्छ कि भनेर प्रहरीले थिङको खुट्टा
समेत बोकेर अस्पताल पुगेको छ। माइक्रोलाई ओभरटेक
गर्ने क्रममा बसले मोटरसाइकललाई ठक्कर दिएको
प्रत्यक्षदर्शी मिलन अर्यालले सेतोपाटीलाई
जानकारी दिए। ठक्करपछि बसले मोटरसाइकललाई
अन्दाजी १०० मिटरजति घिसारेर लगेको अर्यालले
बताए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved