भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १० साउन । नेपाली समाजले कुनै बेला
रेखा थापा प्रवृतिलाई कर्केनजरले हेरिन्थ्यो तर
बितेका २/३ बर्षमा थुप्रै उथलपुथल भए जसले नेपाली
कला क्षेत्रमा नाङ्गो ग्लामरले रेखालाई समेत
छाँयामा पारि दिए । नेपाली चलचित्रमा
पश्चिमेलीकारण भनौ अथवा समयको माग जे भने पनि
किस, बेडसिन, अश्लिल डाइलग र अंगप्रदर्शन सामान्य
बन्न थाल्यो । जसले नेपाली फिल्म क्षेत्र फिल्मी नै
बन्न पुग्यो । कथा भन्दा पनि पात्रको छाडा
प्रवृतिमा आधारित फिल्महरु बन्न थाले जसले नेपाली
चलचित्र क्षेत्र ओकालो भन्दा पनि ओरालोतर्फ लग्न
थालेको सम्बद्ध व्यक्तिहरु बताउछन ।
केही बर्षको अन्तरालमा केही ‘हिरोइन’हरु जन्मिए
जसले नेपाली चलचित्र क्षेत्रलाई मात्रै होइन समग्र
नेपाली समाजलाई नै क्रान्तिकारी फेरबदल ल्याउन
महत्वपूर्ण भूमिका निभाए । यस मध्ये कतिपयले जोशमा
होस् हराए भने कतिपय अझै जोशको रफ्तार तिब्र
बनाइरहेका छन् । कथा/दर्शकको माग भन्दै खुल्नुसम्म
खुलेका खुलेर कला यात्रामा क्रियाशील यी
हिरोइनहरुको सक्षिप्त जानकारी ।
१.विनीता बराल
चर्चित चलचित्र चपली हाइटबाट चर्चाको शिखर
चढेकी नायिका हुन विनीता बराल । चलचित्रमा
बोल्ड सिन दिएर नै उनी एक्कासी चर्चाको
शिखरमा पुगेकी हुन । सिनेमाको हट दृश्य बाहेक
सिनेमाका पोष्टरमा नग्न तस्विर खिचाएर पनि
यिनी उत्तिकै चर्चामा आएकी थिइन । तर जति
छिटो उनि चर्चामा आइन त्यति नै छिटो सेलाइन
पनि । हाल उनी अर्गानिक कृषि व्यवसाय गरेर बसेकी
छिन ।
२.जिया केसी
नायिका जिया केसी पनि छोटो समयमै चर्चामा
आएकी नायिका हुन् । उनले अभिनय गरेको दुइवटै
चलचित्र एटीएम र बरवादलाई सेन्सर बोर्डले एडल्टको
सर्टिफिकेट दिएको थियो । उनका यि दुइ चलचित्र
बाहेक अन्य चलचित्रहरुले उनलाई स्थापित गर्न सकेन ।
३.सुष्मा कार्की
नायिका सुष्मा कार्की लुट चलचित्रको ‘उध्रेको
चोली छ है त्यै पनि लाइन्छ’ नामको आइटम नृत्यबाट
एकाएक चर्चाको शिखरमा पुगेकी हुन । उनको सेक्सी
इमेजको प्रयोग गर्दै उनलाइ चलचित्र बिन्दासको
लागि छनोट गरियो । विन्दास पछि विन्दास २
पनि निर्माण गरियो । विन्दासको पोष्टरमा
सुष्माले असाध्यै हट पोज दिइन जसको कारण उनी पुन
एक पटक चर्चामा आइन । त्यसपछि सुष्माले मेरो जीवन
साथी भन्ने चलचित्रमा बेड सिन दिइन तर त्यो
सिनेमा उनको क्यारियरलाई अगाडि बढाउन भने
सकेन । हाल सुश्मा कार्की पनि नेपाली चलचित्र
नगरी भित्र सुस्त नै छिन ।
४.पुजना प्रधान
चलचित्र रक्षा मार्फत दिएको हट सिन, हट
फोटोग्राफि र बेडसिनबाट एक्कासी चर्चामा
आएकी थिइन पूजना प्रधान । उनी चर्चामा त आइन तर
त्यस चलचित्रले पनि व्यापारीक सफलता हासिल
गर्न भने सकेन र पूजनाको करिअरलाइ पनि खासै
अगाडि बढाउन सकेन ।
५.अरुणिमा लामा
अरुणिमा लामा नायिकाको मुख्य रोलमा
देखिएकी नायिका होइनन तर पनि सिनेमामा
दिएका बेड सिन र नग्न दृश्यका कारण चर्चामा आइनै
रहिन । ‘किन किन’ नाम गरेको चलचित्रमा त यिनले
भरपुर नग्न दृश्य दिएकी थिइन । उनले राजेश हमालसंग
पनि बेडसिन दिएकी थिइन । आफ्नो नग्नताको मात्र
प्रचार प्रसार बढि गरेको भनेर उनको
निर्माताहरुसंगको सम्वन्ध चिसिन गएको थियो ।
जसका कारण उनी आफुले अभिनय गरेको सिनेमाको
प्रचार लगायत डविङ समेत छाडेर हिडेकी थिइन ।
साभार अनलाइन पत्रिका बाट
प्रस्तुति : जनार्जन पौडेल
0 comments:
Post a Comment