भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : मुटुमा समस्या देखिएपछि नर्भिक
अस्पतालमा भर्ना भएका छोरा पारसलाई भेट्न
पूर्वराजा ज्ञानेन्द्र आइतबार साँझ नर्भिक अस्पताल
पुगेका छन् ।
अचानक मुटुमा समस्या देखिएपछि नर्भिकमा भर्ना
गरेर पेस मेकर राखिएका पारसलाई भेट्न ज्ञानेन्द्र
खाना लिएर अस्पताल पुगेका हुन् ।
पारसको मुटुको अप्रेशन गरी नर्भिकका चिकित्सक
रमेश रावतसहितले पेस मेकर राखेपछि उनी खतरामुक्त
भइसकेका छन् ।
विरामी छोरालाई भेट्न यसअघि आइतबार दिउँसै
आमा कोमल नर्भिक पुगिसकेकी थिइन् । उनी
अप्रेशनपछि आराम गरिरहेका छोरालाई रुँघेर नर्भिकमै
दिनभरी बसिन् ।
पत्नी हिमानी पनि कोमलसँगै पतिलाई भेट्न दिउँसै
नर्भिक पुगेकी थिइन् । उनी पनि सासु कोमलसँगै
पतिलाई रुँघेर दिनभर नर्भिकमै बसिन् ।
परिवारका सबै सदस्य नर्भिक पुगेपछि राति आठ बजे
ज्ञानेन्द्र आफैं कार हाँकेर नर्भिक पुगेका हुन् । यसअघि
पारस आइतबार मध्यान्ह १२ बजे छोरा हृदयन्द्रलाई
साथमा लिएर आफैं कार हाँकी नर्भिक पुगेका थिए ।
नर्भिकका चिकित्सकहरुले स्वास्थ्य जाँच गरेपछि
मुटुलाई सामान्य अवस्थामा चल्न दिनका लागि पेस
मेकर राख्नुपर्ने जनाएपछि आजै सानो शल्यक्रिया
गरी पारसको मुटुमा पेस मेकर राखिएको हो ।
तीन वर्ष थाइल्यान्डमा बसेर नेपाल फर्केका
पारसलाई पूर्वराज परिवारले पहिलो पटक भेटेका हुन् ।
यसअघि पारससँग उनका छोराछोरीले मात्र भेट्दै
आएका थिए ।
पूर्वराज परिवारले पारस र थाई युवतीबीचको
सम्बन्धलाई लिएर शंका जनाएपछि पारसले निर्मल
निवासमा समेत प्रवेश पाएका थिएनन् ।
यसअघि थाइल्यान्डमा बस्ने क्रममा पनि पारसलाई
हृदयघात भएको थियो । हृदयघातको लामो
उपचारपछि मात्रै पारस सन्चो भएका थिए ।
0 comments:
Post a Comment