भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, ७ साउन–नेकपा माओवादीका
प्रवक्ता खड्गबहादुर विश्वकर्माले चार दलका शीर्ष
नेताहरु विदेशीको दलाल बनेको आरोप लगाएका
छन् ।
रफत सञ्चार क्लवले आयोजना गरेको साक्षत्कार
कार्यक्रममा उनले हरेक परिवर्तनपश्चात जनताले
अधिकार पाउने बेलमा सत्तासिन दलहरु विदेशीको
गुलाम बन्ने र प्रतिगमनतर्फ धकेल्ने काम गर्ने गरेको
आरोप लगाए ।
सत्तासिन दलहरुका यही दलालिको भण्डाफोर
गर्न जतालाई सचेत बनाउन आफूहरुले नेपाल बन्दको
कार्यक्रम राखेको भन्दै उनले भने, ‘भोलिको (साउन
८) बन्द राष्ट्रिय स्वतन्त्रताको लागि,
लिपुलेकलाई प्रमुख एजेन्डा बनाउँदै र कामदार
वर्गका लागि नभएर नयाँ सामन्तहरुका लागि बन्दै
गरेको संविधानका विरूद्ध गर्न थालिएको हो ।’
मस्यौदा माथि सुझाब संकलनको काम केवल
नौटंकी भएको र जनतालाई अधिकार सम्पन्न
बनाउनुको सट्टा खाली कागजको खोस्टा जारी
गर्ने नियतले संविधानमा सहमतिको नाटक
गरिएको उनको भनाइ थियो । मस्यौदामा
राष्ट्रघाती सन्धिका बारेमा मौन बसिएको भन्दै
उनले त्यसले नै दलको नियत प्रस्ट पारेको बताए ।
ठूला भनिने राजनीतिक दलहरुले देश र जनताको
भन्दा पनि आफ्नो हित हेर्ने र विदेशीको गुलाम
बनेर जनताको अधिकार खोस्ने गरेको उनको आरोप
थियो । सत्तारुढ दलहरुकै कारण राष्ट्रियता
खतारामा परेको र देशले काँचुली फेर्न नसकेको
उनको भनाइ थियो ।
सरकारले नै भ्रष्टाचारीहरुलाई संरक्षण गर्दै आएकाले
भ्रष्टाचार नियन्त्रणको साट्टो मौलाउँदै गएको र
सबैभन्दा बढी भ्रष्ट सरकारमै रहेका कारण कसैलाई
पनि कारबाही नभएको उनको आरोप थियो ।

0 comments:
Post a Comment