भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यी १८ वर्षीय युवाले कुनै अपराध गरेका छैनन् । कानुनले
गर्न नहुने भनेका कुनै काम नगरेका यिनको यो हालत
प्रेम गरेकै कारणले भएको हो ।
भारको महाराष्ट्र राज्यको नासिकका गाउँलेले
केटीसँग प्रेम गरेकै कुरालार्इ लिएर यी युवालार्इ
नाङ्गै बनाएर जुत्ताको माला लगार्इ सहर घुमाए ।
उनले परम्परागत सोच र रुढीवादी कुराले ग्रस्त आफ्नो
गाउँमा आफूभन्दा माथिल्लो जातकी युवतीसँग प्रेम
गरेकै कारण नाङ्गेझार हुनुपरेको हो ।
भारतीय गाउँहरुमा परम्परालार्इ चुनौती दिने
कोही निस्केमा यी युवाको जस्तै हालत भोग्नुपर्ने
बाध्यता छ । भारत गाउँहरुमा भीडले न्याय अन्याय
छुट्याउने चलनले आफूभन्दा माथिल्लो जातकी
युवतीसँग प्रेम गरेकै कारण यी युवालार्इ शुक्रबार
नाङ्गै बनाएर बजार घुमाइयो ।
नासिकस्थित वाम्बोरी गाउँका रोहित नामका
यी युवाले आफूभन्दा माथिल्लो जातकी युवतीसँग
चक्कर चलाएको थाहा पाएर रिसाएका गाउँले भेला
भएर उनको यो हालत बनाएका हुन् ।
उनलालार्इ सजाय दिनुपहिले गाउँलेहरु घरघरबाट
निस्केर एकै ठाउँ जम्मा भएका थिए । आफैं न्यायाधी
बनेका गाउँलेले प्रेम गरेको सजायस्वरुप यी युवालार्इ
गधामा बसाएर बजार घुमाए । उसलार्इ पाठ
पढाउनैका लागि गाउँलेले युवालार्इ जुत्ता र
चप्पलको माला लगाइदिएपछि नाङ्गै बनाएर जुलुस
समेत निकाल्न भ्याए ।
घटनापछि युवकलार्इ यातना दिने आठ गाउँलेलार्इ
प्रहरीले पक्राउ गरेको छ । महाराष्ट्रको प्रहरीले
घटनामा संलग्नहरुविरुद्द उजुरी दर्ता गराएर घटनाको
अनुसन्धान अघि बढाएको छ ।
यो घटनाले फेरि एक पटक भारतमा भीडको शासन
रहेको पुष्टि गर्दै गाउँलेले कानुन पालना गर्न इन्कार
गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसभन्दा अघि नागाल्यान्डको दिमापुर जिल्लाको
केन्द्रीय कारागारबाट निकालेर एक बलात्कारका
अभियुक्तको भीडले नै हत्या गरेको थियो ।
महाराष्ट्रमा पनि यी युवामाथि प्रेम गर्नुलार्इ
अपराध ठहराउँदै भींडले नै कानुन हातमा लिएर
यातना दिने काम गरेको छ । यो घटनालार्इ
भारतीय सञ्चारमाध्यमले कानुनको खिल्ली
उडाइएको उल्लेख गरेका छन् ।एजेन्सी

0 comments:
Post a Comment