भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कुन्दुज : अफगानिस्तानको उत्तरी क्षेत्रमा आइतबार
आयोजित एक विवाह समारोहमा भएको गोली
हानाहानमा परी कम्तीमा पनि २० जनाको ज्यान
गएको छ ।
प्राप्त समाचारअनुसार उत्तरी अफगानिस्तानको देश
सालेह जिल्लामा सो दुर्घटना भएको प्रहरीले
जनाएको छ ।
विवाह समारोह चलि नै रहेका बेला सोही
समारोहमा सहभागी व्यक्तिबीच नै गोली
हानाहान सुरु भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
आइतबार साँझ अबेरतिर सो घटना भएको बताइएको छ
। उक्त दुर्घटना समारोहमा सहभागी भएका
पाहुनाहरुबीच भएको हो ।
प्रहरीले उक्त दुर्घटनाको छानबीन सुरु भएको तर त्यहाँ
सहभागी भएका पाहुनाबीचको विवादका कारण नै
सो अवस्थाको सिर्जना भएको बताएको छ । उक्त
क्षेत्रमा विगतदेखि नै सुरक्षा स्थिति कमजोर रही
आएको छ । यसअघि पनि सो जिल्लामा पटक÷पटक
यस्ता हिंसाका घटना भएका छन् ।
प्रान्तीय प्रहरी प्रवक्ता जावेद बसरतले भने– उक्त
दुर्घटनाबाट २० जनाको ज्यान गएको छ भने अरु १०
जना नराम्ररी घाइते भएका छन् । प्रहरीले सो
स्थानमा स्थानीय रुपमा विवाद उत्पन्न भएको र
आपसी रिसइबीका कारण उक्त दुर्घटना हुनपुगेको
बताएको छ ।
मारिनेमा प्राय पुरुष पाहुना नै परेका छन् ।
मारिनेमा १४ देखि ६० वर्ष उमेरका व्यक्ति रहेका
जानकारी दिइएको छ । उक्त समारोहमा भोज
जारी रहेको समयमा अकस्मात एक अधवैंशेले गोली
चलाएको र त्यसको जवाफी फायरका रुपमा
अर्कातर्फबाट पनि गोली हानिएको बताइएको छ ।
प्रहरीले घटनाका दोषीलाई नियन्त्रणमा लिएर
अनुसन्धान थालेको बताएको छ ।

0 comments:
Post a Comment