भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
मुटुमा समस्या आएपछि काठमाडौंको
थापाथलिस्थित अस्पताल भर्ना भएका पूर्वयुवराज
पारस शाहको स्वास्थ्य अवस्थाबारे राप्रपा
नेपालका अध्यक्ष कमल थापाले जानकारी लिएका
छन् । बिहान अस्पताल पुगेर पारससँग उनले भेट गरेका हुन्
।
भेटका क्रममा पारसले आफूलाई अप्ठेरो महसुस नभएको र
सन्चै रहेको बताएका थिए । साथै थापाले पारसको
उपचारमा सम्लग्न चिकित्सकसँग पनि उनको स्वास्थ्थ
अवस्थाबारे जानकारी लिएका थिए ।
मुटुमा समस्या देखिएपछि हिजो अप्रेसन गरी उनको
छातिमा पेसमेकर राखिएको छ । अस्पतालले पनि
उनको अप्रेसन असफल भएको र उनी खतरामुक्त रहेको
बिज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।

0 comments:
Post a Comment