भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । पछिल्लो समय राजधानी काठमाडौं,
भक्तपूर र ललितपूर जिल्लामा व्यापक रुपमा यौंन
व्यावसायी फस्टाएकोे छ । सामान्य भट्टि देखी
सुबिधा सम्पर्ण होटल र अपाटमेन्टमा दलालहरुले यौंन
व्यावसायी सञ्चालन गर्दै आएका समाचार पात्त
भएको छ ।
राजधानीको बालाजु बसपार्क, पुरानो बसपार्क,
जडिबुटि, पेप्सीकोेला, कलंकी क्षेत्रका समान्य
भट्टि, गेष्टहाउस र केही राम्रै नाम आउने होटलमा समेत
सञ्चालक आफैले युवती राखेर यौंन व्यावसायी
चलाउँदै आएको स्रोतको दाबी छ । ललितपूरको
ग्वार्को, सातदोबाटोे र भक्तपूरको सुर्यबिनायक
आसपासका क्षेत्रमा बिगत दुई बर्षदेखी खुल्मखुल्ला
यौंन व्यावसाय सञ्चालन हुँदै आएपनि प्रहरीले कुनै
चासोे नदेखाएको कारण यसमा ठूलै सेटिङ भएको
स्थानीयले आरोप लगाउँन थालेका छन् ।
काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ,
गोरखा, नुवाकोटलगाएत पहाडी जिल्लाबाट
रोजगारको खोजीमा राजधानी भित्रीएका
युवतीलाई दलालहरुले बिभिन्न प्रलोभन देखाएर
बेश्याबृद्धिमा लगाउने गरेका छन् । सुरुमा रेष्टुरेन्टमा
काम लगाईदिएर बेश्याबृद्धि गराउने बाध्य गराउने
गरेका छन् । समान्य भट्टिमा काम गर्न राखिएका
जस्ता देखिने अधिकांस युवतीहरु बेश्याबृद्धिमा संलग्न
रहेका छन् । यस्ता भट्टिका प्रार्य ग्राहक भने
भाडाका गाडी चलाउने चालक, सहचालकहरु हुन् ।
त्यसै गरी दलालहरुले गेष्टहाउस नै भाडामा लिएर
यौंन व्यावसायी सञ्चालन गर्दै आएका छन् । यस्ता
गेष्ट हाउसमा युवतीलाई नै राखेर व्यावसायीक
रुपमा धन्दा गर्ने गिरोह नै राजधानीमा सक्रिय
रहेको छ । बिगत पाँचबर्ष पहिले यस्ता धन्दा चलाउँने
एक दर्जन दलालका नाईकले तत्कालीन परिसर प्रमुख
एसपी रमेश खरेलले कानूनको दायरामा ल्याएपछि
राजधानीमा यौंन अखडा चलाउनेको भागदौड
मच्चिएको थियो । तर बिस्तारै फेरी दलालहरुले
राजधानीमा यस्तो गौर कानूनी धन्दा सुरु गरेका हुन्
। यस्ता धन्दा गराउँने पुरुष भन्दा महिला नै बढी
सक्रिय रहेका छन् । सुबिधा सम्पर्ण अपाटमेन्ट र
होटलमा युवती सप्लाई गर्ने गिरोहपनि
राजधानीमा छा्याप छा्यापती भेटिन थालेका
छन् ।
कतिपय दलालले अमाटमेन्टमा फल्याड भाडामा
लिएरै यौंन व्यावसायी सञ्चालन गर्दै आएका छन् भने
कसैले भारतिय मूलका पर्यटकलाई पाँचचारे होटलमा
युवती सप्लाई गर्ने गरेका छन् । यि सब अपराधको
सुईँको प्रहरीले पाएपनि यसको नियन्त्रणको कुनै
प्रयास गरेको छैन् । स्रोतका अनुसार पाँचतारे
होटलमा नेपालका टप हिरोइन देखी मोडलहरु सप्लाई
हुँदै आएका छन् । ग्राहकलाई मन परेका खण्डमा यस्ता
युबतीलाई तिनले एक साता देखी एक महिनासम्म
बुकिङ गरेर भारतको गोवा, सिक्कम देखी दुबै सम्म
लैजाने गरेका छन् ।
- aparadhkhabar बाट

0 comments:
Post a Comment