Home » » प्रचण्ड पुत्रको घिनलाग्दो काण्ड, लुगा फेरे झै श्रीमती फेर्दै प्रकाश....

प्रचण्ड पुत्रको घिनलाग्दो काण्ड, लुगा फेरे झै श्रीमती फेर्दै प्रकाश....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, ९ साउन । ऐन-कानुनमा बकाइदा
व्यवस्था छ जेठी हुँदाहुँदै कान्छी ल्याउनेलाई एकदेखि
तीन वर्षसम्म कैद हुन्छ । त्यस्ता स्त्री पीडकमाथि
कारबाहीका लागि श्रीमतीले जाहेरी दिनुपर्ने
अनिवार्यता पनि छैन । देशको जुनसुकै निकाय या
व्यक्तिले त्यस्ता व्यक्तिविरुद्ध उजुरी गर्न या पक्राउ
गरेर बुझाउन सक्छ । तर, यो नियम साधारण
नागरिकका लागि मात्रै हो ।
यसै पनि नेपालको कानुनी व्यवस्थाबारे
सर्वसाधारणमा सकरात्मक धारणा छैन । ठूलालाई चैन
सानालाई ऐन भन्ने त उखानै बनिसक्यो । सबै उखान
व्यवहारमा अनुवाद नहुन पनि सक्छन् । तर, प्रचण्डपुत्र
प्रकाश दाहालको हकमा यो उखान हुबहु लागू हुन्छ ।
जेठी पत्नी प्रभा बोगटीसँग कानुनी छोडपत्र गरेकाले
उनीबाट प्रकाशले उन्मुक्ति पाए ।
छँदाखाँदाकी श्रीमती सिर्जना त्रिपाठीलाई
छाडेर प्रकाशले गत वर्ष हालसम्मका निम्ति तेस्रो
बिहे गरे । पत्नीको मृत्यु भएको पनि होइन ।
छोडपत्रको कानुनी पक्रिया पूरा हुनु त परै जाओस् सुरु
गरेको पनि होइन । काखमा भएको कलिलो छोरा
खेलाउँदै जीवनको रंगीन सपना सँगालिरहेकी र साढे
दुई दशक उमेर पनि नभएकी युवतीमाथि जब प्रकाशले
सौता हाले धेरैलाई लागेको थियो उनलेे त्यसको
कानुनी मूल्य चुकाउनेछन् ।
तर, त्यस्तो भएन । प्रकाशले सिर्जनालाई हेपेर कसले के
गर्न सक्छ भन्ने शैलीमा बीना मगरलाई तेस्री
पत्नीका रूपमा लिएर अहिले ललितपुरमा बसिरहेका
छन् । साथीभाइले बोलाएको भोजभतेरमा पति/
पत्नीका रूपमा सँगसँगै सरिक भइरहेका छन् । तर, देशको
नियम, कानुन कार्यान्वयन गर्ने निकाय मौन छ ।
नेपालको कानुन दैवले जानुन् भनेजस्तो भएको देखिन्छ ।
प्रभाका बाबु पोष्टबहादुर बोगटी माओवादीकै
प्रभावशाली नेता थिए, त्यसैले प्रभालाई छाडेर
अर्की भित्र्याउनुअघि छोडपत्र भएको थियो । तर,
सिर्जना विचरी ! उनका लागि बोलिदिने
बाबुआमा कुनै पार्टीका ठूलाबडा नेता या ठूला
सरकारी हाकिम परेनन् । कास्की हेम्जाका सामान्य
किसान त्रिपाठी परिवारलाई दाहाल परिवारले
हेपेरै सिर्जनामाथि प्रकाशले हालेको सौता
प्रकरणलाई सामान्यीकरण गरेको हेम्जावासीको
बुझाइ छ ।माओवादीले लोकाचारकै लागि भए पनि
प्रकाशलाई निलम्बन गर्यो ।
त्यो पार्टीको आन्तरिक प्रक्रिया थियो । हरेक
पार्टीको कार्यकर्तासम्बन्धी आ-आफ्नै नीति-
नियम हुन सक्ला । राज्यले हरेक नागरिकलाई गर्ने
व्यवहार एउटै होस् भनेर प्रहरी, प्रशासन, अदालत, जेल
सबै व्यवस्था गरेको हुन्छ । तर, प्रकाश दाहालको
हकमा राज्यको पाखण्डी व्यवहार उदांगो भएको छ ।
मुलुककै ठूलो राजनीतिक दलको अध्यक्षका छोराबारे
सार्वजनिक रूपमा थाहा भएको घटनामा त राज्यले
दोहोरो मापदण्ड अपनाउँछ भने योभन्दा ठूलो
दण्डहीनताको नमूना अरू के हुन सक्छ ?
यो एक वर्षबीच प्रकाशमाथि कारबाही हुनु त परै
जाओस् प्रकाश उल्टै लाजिम्पाटमा तैनाथ
डिएसपीको बर्दी लाएर फेसबुकमा फोटो हाल्दै सभ्य
समाजलाई मलाई कसले के गर्न सक्छ भन्ने शैलीमा
चुनौती दिँदै बसेका छन् । बीनालाई सँगै लिएर
भोजभतेर र साथीहरूसँग रमाइलो गरिरहेछन् । तर
राज्य ! देखेको नदेख्यै गरेर आँखामा पट्टी बाँधेर बसेको
छ । -जनआस्थाबाट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved