Home » , » सलमान खान भन्दा अरु कुनै केटाहरु सेक्सी लाग्दैन् : सालु गौतम, मोडल (अन्तर्वार्ता) 'सेक्स गर्नलाई आजकल पुरुष चाहिन्न'

सलमान खान भन्दा अरु कुनै केटाहरु सेक्सी लाग्दैन् : सालु गौतम, मोडल (अन्तर्वार्ता) 'सेक्स गर्नलाई आजकल पुरुष चाहिन्न'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

कसरी चल्दैछन् दिनहरु ?
भर्खर तीज गीतको भिडियो सुट सकियो । स्टेज
प्रोग्राम पनि परिरहेको छ । अहिले ‘तिम्रो मेरो
जोडी साह्रै जम्छ रे’ गीतको भिडियो सुरु गरेकी छु ।
स्टेज कत्तिको तताइरहनु भएको छ ?
मजाले तातेको छ जस्तो लाग्छ ।
स्टेज तताउन विदेशमा मजा हुँदो रहेछ कि नेपालमा ?
नेपालमै मजा हुन्छ । आफ्नो देशमा बसेर, नेपाली
दर्शकहरुमाझ प्रस्तुत हुँदा निकै आनन्द लाग्छ ।
स्टेजमा त खुब भल्गर हुन मन लाग्छ हो ? फोटो पनि
त्यस्तै सुट गरिरहनु हुन्छ !
त्यस्तो भल्गर होइन । गल्यामरस लुक्स दिन्छु ।
गल्यामरस हुन मन पर्छ ।
तपाईँलाई त ‘सेक्सी मोडल’ भन्दा रैछन नि !
यसोभन्दा खुशी लाग्छ । ‘राम्रो छ, हट छ’ भन्दा
राम्रो लाग्छ ।
आफैलाई चाँहि हट छु जस्तो लाग्छ कि लाग्दैन ?
त्यो मैले भन्ने कुरा होइन । अरुले भन्छन् भने मेरो आपत्ति
छैन । तर दैनिक जीवनमा भने सिम्पल छु ।
स्टेजमा जम्न थालेपछि त प्रपोजहरु पनि निकै आउँछन्
होला ?
प्रपोज पहिले पनि आउँथे, अहिले पनि आउँछन् । प्रपोज
भनेको केटाले मात्र होइन केटीले पनि गर्छन् । यसलाई
कस्तो रुपमा लिने, त्यो आफूमा भर पर्छ ।
तपाईँले पनि प्रपोज गर्नुभएको छ र ?
प्रोग्राममा पनि राम्रा अनुहार देखिन्छन् । डाइरेक्ट
प्रपोज गर्न नसके पनि आँखाले प्रपोज गरिरहेको हुन्छ ।
अहिले आएर कसैलाई प्रपोज गर्नु भएको छ की छैन ?
अहिले त होइन, केही समय पहिला एक जनालाई निकै
मन पराउँथे । सायद उसले पनि मन पराउँथ्यो । पछि
हाम्रो सम्बन्ध हुन सकेन । तर, अहिले पनि हामी
राम्रो साथी छौँ ।
फेसबुकमा कस्ता–कस्ता प्रस्ताव आउछन् नि ?
फेसबुकमा राम्रो मात्र होइन, नराम्रो प्रतिक्रिया
पनि आइरहेका हुन्छन् । कतिपयले अगाडि भन्न नसकेका
कुरा फेसबुकमा भन्छन् । तर, मैले केही प्रतिक्रिया
जनाउँदिन । जसको जति दिमाग हो, त्यति नै भन्छ ।
तपाईँलाई कस्ता मान्छे ‘सेक्सी’ लाग्छन् ?
सेक्सी हुनलाई धेरै कुराहरु चाहिन्छ । बाहिरी शरीरले
मात्र सेक्सी हुँदैन । उसको चालढाल, कुरा गर्ने शैली,
व्यवहार लगायत धेरै कुराले भूमिका खेल्छ, हट हुनका
लागि । खासमा मलाई सलमान खान बाहेक अरु कुनै
केटाहरु सेक्सी लाग्दैनन् । तर, जीवनसाथीको रुपमा
‘हट एण्ड सेक्सी’ भन्दा पनि रेस्पोनसिवल खोज्छु ।
बिहे अघिको सेक्सलाई कसरी लिनुहुन्छ ?
सेक्स भनेको प्राकृतिक र सामान्य कुरा हो ।
सेक्सबिना संसारनै ठप्प हुन्छ । तर, कुन ठाउँमा गर्ने र
यसले समाजलाई के–के असर पार्छ भन्ने कुरा चाँहि
ख्याल गर्नुपर्छ ।
सेक्सले प्रेमलाई अझ गाढा बनाउँछ भन्छन् नि ?
मलाई त्यस्तो लाग्दैन ।
सेक्सी भन्दा काउकुति लाग्छ भन्नु भएको रहेछ, त्यो
कस्तो खालको काउकुति हो ?
खासमा मैले एउटा गीतको शब्दलाई कपी गरेर
फेसबुकमा राखेकी थिएँ । पछि, यसरी टिप्पणी भएछ ।
सेक्स अनुभवलाई कसरी खुलासा गर्नुहुन्छ ?
यसबारे कुरा नगर्दै राम्रो होला । किनकी यो
नितान्त व्यक्तिगत हुन्छ ।
मैले सेक्स गरेकी छैन् भन्न खोज्नुभएको ?
सेक्स गरेकी छैन भन्न मिल्दैन र छ भन्न पनि । अहिलेको
एक्काइसौँ शताब्दीमा ‘सेक्स टोय’को जमाना
आइसक्यो । सेक्स गर्नका लागि पुरुष नै चाहिन्छ भन्ने
छैन । सेक्स टोयबाट आनन्द लिएको लाई सेक्स भन्ने की
नभन्ने ?
उसो भए सेक्स टोय प्रयोग गर्नुहुन्छ ?
त्यस्तो भन्न खोजेकी होइन् । तर, अहिलेको
जमानामा आएर यो प्रश्न सोध्नु नै गलत हो कि
जस्तो लाग्छ ।
प्रस्तुतिः दैनिक नेपाल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved